नेकपाका कार्यकर्ताद्वारा कांग्रेस नेता रिजालमाथि आक्रमण प्रयास « Khabarhub

नेकपाका कार्यकर्ताद्वारा कांग्रेस नेता रिजालमाथि आक्रमण प्रयास


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालमाथि नेकपा कार्यकर्ताले आक्रमण प्रयास गरेका छन् ।

तनहुँको रिसिङ गाउँपालिका भवन उद्घाटनका लागि गएका कांग्रेसका नेता डा. मिनेन्द्र रिजालमाथि नेकपा कार्यकर्ता आक्रमणको प्रयास गरेको तनहुँ कांग्रेसले दाबी गरेको छ ।

तनहुँको रिसिङ गाँउपालिका भवन उदघाटनका लागि गइरहेका  नेता डा रिजाललाई नेकपाका कार्यकर्ताहरुद्धारा अवरोध गरेको कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार गाउँपालिका उद्घाटनका लागि गइरहेका डा रिजालमाथि नेकपाका कार्यकर्ताले बाटो अवरोध गर्दै आक्रमणको प्रयास गरेका थिए ।

नेता रिजालमाथि आक्रमण प्रयास भएको भन्दै नेता पौडेलले विज्ञप्ति जारी गरेका छन् ।

जसमा भनिएको छ– तनहुँको रिसिङ गाँउपालिका भवन उदघाटनका लागि पुग्नुभएका नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाललाई नेकपाका कार्यकर्ताहरुद्धारा मण्डले शैलीमा अवरोध गरेका छन् ।

गाउपालिकाको बैठकले सर्वसम्मतिबाट सो भवनको उदघाटनका लागि नेपाली कांग्रेसका नेता पूर्वमन्त्री एंव प्रतिनीधिसभा सदस्य डा मिनेन्द्र रिजालबाट गराउने निर्णय भएको थियो । यो विषयमा प्रहरी प्रशासनलाई समेत जानकारी थियो । तर नेकपा कार्यकर्ताहरुले आफ्नो गाउपालिका भवन उदघाटनका लागि बसेका लाखौ जनतामाथि अपमान गर्दै भवन उदघाटनका लागि जान लाग्नुभएको जनतामा जान नदिनका लागि बाटो अवरोध गरेका छन् ।

नेकपाका कार्यकर्ताले एक्कासी मण्डले शैलीबाट बाटो अवरोध गरि कांग्रेस नेता रिजाल र तनहुँको रिसिङका जनतामाथि समेत अपमान गरेका छन् । पञ्चायतका मण्डलेहरुको शैली अनुशरण गर्दै नेकपाका नेता कार्यकर्ता फाँसिवादी र अधिनायवादी शैलीमा प्रस्तुत भएको घटनाको म घोर भत्र्सना गर्दछु ।

सत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले मान्छेको अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गर्दै जान लागेका छन् । बाँके जिल्ला सभापति किरण कोइरालामाथि दोश्रो जागरण अभियानमा आक्रमण गरेको घटनाका दोषिलाई सरकारले कारवाही नगरेको अवस्थामा कांग्रेसका नेता पूर्वमन्त्री डा मिनेन्द्र रिजालमाथि नेकपा कार्यकर्ताले फरक विचार र सिद्धान्त स्वीकार गर्न नसक्ने फाँसिवादी शैलीमा अवरोध गरेको घटना घोर आपत्तीजनक हो । सरकारले यस्ता मण्डले शैलीमा हुने गतिविधी नियन्त्रण नगरे नेपाली कांग्रेस देशभर सरकारका विरुद्ध लोकतन्त्र जोगाउनका लागि आन्दोलनमा उत्रन बाध्य हुनेछ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ५ : ३६ बजे

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी