स्पेनिस लिगका यी तीन खेलाडी जसले लगानी अनुसार खेल्न सकेनन् ! « Khabarhub

स्पेनिस लिगका यी तीन खेलाडी जसले लगानी अनुसार खेल्न सकेनन् !


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगाको यस सिजनको सुरुवाता राम्रो हुन नसकेको भन्दै आलोचना भइरहेको छ ।

स्पेनिस क्लब रियल मड्रिडबाट क्रिष्टियानो रोनाल्डो इटलियन लिगमा जाँदा अर्का स्टार मेस्सीपनि चोटबाट पीडित बनेका छन् । जसका कारण ला लिगाको स्तर खस्किएको भन्दै आलोचना भइहरहेको छ ।

यी दुई खेलाडीका अतिरिक्त क्लवहरुमा रहेका अन्य खेलाडीले पनि राम्रो प्रदर्शन गर्न नसक्दा लिगका खेलहरु स्वादिला बन्न सकेका छैनन् ।
एन्टोइनी ग्रिज्म्यान, इडन हजार्ड र जोआ फिलिक्स यो सिजनमा ला लिगामा सबैले लिने नाम हो । तर, यी तीनै जनाले ला लिगामा सिजनको सुरुआती २ महिना वितिसक्दा पनि चामत्कारीक प्रदर्शन देखाउन सकेका छैनन् ।

क्लबमा आएको समय र शारीरीक रुपमा तयार नहुँदा राम्रो प्रर्दशन गर्न नसकेको विश्लेषण अन्तर्राष्ट्रिय फुटबल वृतमा हुन थालेको छ । यी तीनै जना खेलाडी यो सिजनमा सब्स्टीच्युट भएर टोलीमा अटाएका छन् ।

बार्सिलोनाका लागि ग्रिज्म्यानले ८ वटा आधिकारिक खेल खेलेका छन् भने मैदानमा ७ सय५ मिनेट विताउँदा ३ गोल गरेका छन् भने २ गोलका लागि अवसर शृजना गरेका छन् ।

यस्तै, फिलिक्सले पनि समान आठवटै खेल खेल्दै ६ सय ९ मिनेट मैदानमा विताउँदा २ गोल गर्दै १ गोलका लागि अवसर शृजना गरेका छन् ।
यता, हजार्डले पनि अपेक्षाकृत प्रदर्शन गर्न सकेका छैनन् । उनले रियलका लागि ३ अफिसियल खेल खेल्दै १सय९७ मिनेट मैदानमा काटे भने अहिलेसम्म नत गोल गर्न सकेका छन् नत अवसर नै शृजना गरेका छन् ।

गेटाफेविरुद्धको खेलमा ग्रिज्म्यान बार्सिलोनाको लागि ७४ औं मिनेटमा सब्स्टीच्युट भएका थिए भने फिलिक्स मड्रिड डर्बीको खेलमा ७० औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । खेलको ७७ औं मिनेटमा हर्जाड पनि सब्स्टीच्युट भएका थिए ।

अहिले यी तीन खेलाडीले अपेक्षीत प्रदर्शन दिन नसकेको भन्दै आलोचना हुन थालेको छ । स्पेनिस फुटबल पत्रिका मार्काले यी तीन खेलाडीले लगानी अनुसारको प्रदर्शन दिन नसकेको भन्दै लेखेको छ ।
‘यी तीन खेलाडीका लागि ३ सय मिलियन युरा खर्च भयो । तर, उनीहरुमाथिको लगानी अनुसारको प्रदर्शन हुन सकेको छैन’ मार्काले लेखेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ६ : ०५ बजे

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने