बाँध भत्किएर मर्नेको संख्या ३४ पुग्यो, अझै सयौँ बेपत्ता « Khabarhub

बाँध भत्किएर मर्नेको संख्या ३४ पुग्यो, अझै सयौँ बेपत्ता


१५ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रमाडीन्हो-  ब्राजिलको दक्षिणपूर्वी मिनास राज्यमा शुक्रबार बाँध भत्किएर मृत्यु हुनेहरुको संख्या ३४ पुगेको स्थानीय अधिकारीहरुले बताएका छन् । शनिबार बिहान घटनास्थलबाट ४६ जनालाई उद्धार गरिएको छ ।

खानी उद्योग सञ्चालन गरिरहेको भेल कम्पनीले बनाएको बाँध भत्किएका कारण उक्त दुःखद घटना भएको हो ।

जीवितै उद्धार गरिएकामध्ये २३ जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

भेल कम्पनीका अनुसार कम्पनीका अरु २५२ जना कामदार अझै बेपत्ता छन् ।

घटनास्थलमा अझै पनि खोजी तथा उद्धारका लागि छुट्टा छुट्टै टोलीहरु परिचालन गरिएको अधिकारीहरुले बताएका छन् ।

बाँध भत्किएसँगै माटोको पहिरो गएकाले ब्रुमाडिन्हो नगरपालिकामा रहेको सो बाँध भत्किएको उद्धारमा खटिएकाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार  १२ : ५९ बजे

रास्वपाको बागमती प्रदेश अधिवेशन आज, सभापति लामिछानेले उद्घाटन गर्ने

हेटौँडा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशन आजदेखि सुरु

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ– मुस्ताङको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना, तराईमा तातो हावा चल्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल