१३ औं सागलाई सफल बनाउन गम्भीर बन्नुस्ः मन्त्री विश्वकर्मा « Khabarhub

१३ औं सागलाई सफल बनाउन गम्भीर बन्नुस्ः मन्त्री विश्वकर्मा


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) राष्ट्रियको प्रतिष्ठाको विषय भएको भन्दै भव्यताका साथ सफल बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।

१३ औं सागका लागि गठित विभिन्न समितिका सचिवसँग भएकाे बैठकमा मन्त्री विश्वकर्माले गम्भीर भएर सबैले आआफ्नो जिम्मेवारी पूरा गर्नु पर्नेमा जोड दिएका हुन् ।

उनले आर्थिक अनुशासनमा रहेर कार्य सम्पन्न गर्न निर्देशन दिए । मन्त्री विश्वकर्माले कामकाजका दौरान आवश्यक पर्ने जनशक्ति सचिवालयमा पूर्ति हुने बताउँदै जिम्मेवारीलाई पूरा गर्न निर्देशन दिए ।

बैठकमा १३औं साग सचिवालय प्रमुख कमल खनालले कार्यविधि अनुसार सबैले आफ्नो दायित्व पूरा गर्ने विश्वास व्यक्त गरे । राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले समितिका सचिवहरुले गर्नुपर्ने कार्यका बारेमा जानकारी गराएका थिए ।

बैठकमा समितिअन्तर्गत राष्ट्रिय टिम तयारीका सचिव महेन्द्रकुमार राई, खेलस्थल व्यवस्थापनका सचिव लवभक्त श्रेष्ठ, प्राविधिकका सचिव अर्जुनबहादुर विक, सुरक्षाका सचिव फणिन्द्र पौडेल, आवास व्यवस्थापनका सचिव विनोद उप्रेती, यातायात व्यवस्थापनका सचिव सरोजकुमार पोखरेल, स्वास्थ्यका सचिव मधुसुदन, प्रचारप्रसार तथा प्रकाशनका सचिव दुर्गाप्रसाद दुलाल, अतिथि सत्कारकी सचिव अनन्तादेवी खनाल, खेल सामाग्री, उपकरण तथा पोशाक व्यवस्थापनका सचिव वज्रबहादुर केसी तथा एन्टी डोपिङका सचिव तिलक नेपाली उपस्थित थिए ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ७ : ५३ बजे

स्थानीयवासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै दिन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट

सुस्तामा फेरि पस्यो ठूलो संख्याामा भारतीय फौज, नेपाली भूमिमा बनिरहेको बाँध भत्काइदियो

बुटवल- पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)

स्रोत नखुलेको भारतीय रकमसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ

गोलबजारमा विध्वंशको यो रूप, कयौँ भवन खण्डहर (तस्बिरहरू)

काठमाडौं– सुनसरी घटनापछि मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव साउन १४

सुशासनलाई सुदृढ बनाउन अग्रजको आदर्शलाई आत्मसात् गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ