सुपुर्दगी अनुरोध फिर्ता लिन अमेरिकासमक्ष चीनको अनुरोध « Khabarhub

सुपुर्दगी अनुरोध फिर्ता लिन अमेरिकासमक्ष चीनको अनुरोध


१५ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ-  चीनको विदेश मन्त्रालयले क्यानाडामा गिरफ्तार गरिएकी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई अमेरिका सुपुर्दगी नगर्न अमेरिकी सरकार समक्ष अनुरोध गरेको छ ।

हुवावेकी मेङमाथि इरानसँग व्यापारिक कारोबार गर्दा बैंकहरुलाई झुठो विवरण दिएको अमेरिकी आरोप छ ।

विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले हुवावेकी प्रमुख वित्तीय अधिकृतमाथि अपमानजनक रुपमा अमेरिकाले आरोप लगाएको बताउनुभयो ।

मेङलाई गत वर्ष डिसेम्बर १ तारिखमा अमेरिकी अनुरोधमा क्यानाडाको भ्यानकुभरमा गिरफ्तार गरिएको थियो । मेङलाई अमेरिका सुपुर्दगी गर्ने बारेमा बुधबार क्यानाडाको एक अदालतमा सुनुवाई हुँदैछ ।

गेङले भन्नुभयो, “हामी मेङ वान्झाउमाथिको पक्राउ आदेश तत्कालै फिर्ता लिन अमेरिकासँग आग्रह गर्दछौं र त्यस्ता किसिमका सुपुर्दगी अनुरोधहरु पुनः नगर्न पनि अनुरोध गर्दछौं ।”

साथै, चीनले हुवावे र अरु चिनीया कम्पनीमाथि निराधार आरोपहरु नलगाउन पनि वासिङ्टनलाई चेतावनी दिएको छ । चिनीया विदेश मन्त्रालयको विज्ञप्तिमा “केही चिनीया कम्पनीलाई ओझेलमा पार्न अमेरिकी अधिकारीहरुले राज्यशक्तिको परिचालन गरिरहेको” उल्लेख छ । विज्ञप्तिमा यी कार्यहरु राजनीतिक उद्देश्यबाट प्रेरित रहेको पनि उल्लेख गरिएको छ ।

विज्ञप्तिमा बेइजिङले चिनीया कम्पनीहरुको दृढतापूर्वक प्रतिरक्षा गर्ने जनाइएको छ, तर हुवावेमाथि लागेको अमेरिकी अभियोगलाई कसरी सम्बोधन गरिनेछ भन्ने उल्लेख गरिएको छैन ।

चिनीया विशाल प्रविधि तथा दूरसञ्चार कम्पनी हुवावेले भने कुनै गलत कार्य नगरेको दाबी गरिरहेको छ । हुवावेमाथि अमेरिकी प्रविधि चोरेको, इरानमाथि लागेको अमेरिकी व्यापार प्रतिबन्धलाई हुवावेले उल्लङ्घन गरेको तथा बैंकहरुलाई ढाँटेको आरोप छ ।

हुवावे टेक्नोलोजिज लिमिटेडले मङ्गलबार नै एक विज्ञप्ति जारी गरी हुवावेमाथि लागेका अभियोगका बारेमा अमेरिकी अधिकारीहरुसँग वार्ता गर्न र अनुसन्धानमा सहभागी हुन तयार रहेको जनाएको छ । हुवावेले अमेरिकी कम्पनी टी–मोबाइलसँगको गोप्य व्यापारिक योजना चोरी गरेको विषयमा अमेरिकी अदालतबाट पहिल्यै छिनोफानो भइसकेको पनि स्पष्ट गरेको छ ।

“कम्पनीलाई मेङ वान्झाउले कुनै गल्ती गर्नुभएको थाहै छैन, र अमेरिकी अदालत पनि अन्ततः त्यही निश्कर्षमा पुग्ने हाम्रो दृढ विश्वास छ,” हुवावेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार  ४ : ३५ बजे

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा

भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह

इलाम– भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया