शतवार्षिकी समारोह एकसाथ मनाउन उत्तर कोरियालाई दक्षिणको प्रस्ताव « Khabarhub

शतवार्षिकी समारोह एकसाथ मनाउन उत्तर कोरियालाई दक्षिणको प्रस्ताव


१५ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सियोल – कोरियाली जनताले स्वतन्त्रता प्राप्त गरेको आन्दोलनको शतबार्षिकी संयुक्तरुपमा मनाउन दक्षिण कोरियाले उत्तर कोरिया समक्ष प्रस्ताव गरेको छ ।

दुवै कोरियामा हरेक वर्ष मार्च १ तारिखका दिन जापानको उपनिवेश विरुद्ध लडेर मुलुकलाई मुक्त बनाएको दिनको सम्झनामा स्वतन्त्रता आन्दोलन दिवस मनाउने गरिएको छ ।

स्थानीय सञ्चार माध्यमहरुले मङ्गलबार लेखेको समाचार अनुसार दक्षिण कोरियाको एकीकरण मन्त्रालयले संयुक्त रुपमा शतवार्षिकी समारोह मनाउने प्रस्तावसहित उत्तर कोरियालाई पत्राचार गरेको हो ।

दक्षिण कोरियाली अधिकारीहरुले अहिले उत्तर कोरियाको जवाफको प्रतीक्षा गरिरहेको पनि स्रोतलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कोरियाली प्रायःद्वीपमा सन् १९१० देखि १९४५ सम्म जापानको साम्राज्य थियो । देशव्यापी स्वतन्त्रता आन्दोलनका क्रममा सन् १९१९ मार्च १ तारिखका दिन सात हजार ५०० कोरियाली नागरिक मारिएका थिए भने ५० हजार भन्दा बढी गिरफ्तार भएका थिए ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले गत सेप्टेम्बरमा संयुक्त रुपमा शतवार्षिक समारोह मनाउने सहमति गर्नुभएको थियो ।

उत्तरको राजधानी प्योङ्याङमा भएको दुई नेताको तेस्रो शिखर बैठकमा भएको सम्झौतामा यो कुरा उल्लेख गरिएकाले दक्षिण कोरियाले संयुक्त रुपमा मनाउन अहिले पत्राचार गरेको अधिकारीहरुले बताएका छन् ।

अघिल्ला वर्षहरुमा दुवै कोरियाले एकै दिन आ–आफ्नै तरिकाले यो दिवसलाई मनाउने गरेका थिए ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार  ४ : ३९ बजे

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम