डेंगुबाट श्रीलङ्कामा दुईको मृत्यु, ३७ सय प्रभावित « Khabarhub

डेंगुबाट श्रीलङ्कामा दुईको मृत्यु, ३७ सय प्रभावित


१५ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलङ्कामा डेंगुका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अरु तीन हजार ७०० भन्दा बढी प्रभावित भएका छन् ।

यही जनवरीको पहिलो तीन हप्तामा देशभरी फैलिएको डेंगुबाट प्रभावितहरुको विवरण अधिकारीहरुले मङ्गलबार सार्वजनिक गरेका हुन् ।

इपिडिमियोलोजी इकाईले गत शुक्रबारसम्ममा तीन हजार ७४३ जनामा डेंगुको सङ्क्रमण देखिएको जनाएको छ ।

प्रभावितमध्ये सबैभन्दा धेरै राजधानी कोलम्बोका भेटिएका छन् । त्यसपछि जाफ्ना र गम्पाहमा धेरै बिरामी रहेको अधिकारीहरुले बताएका छन् ।

स्वास्थ्यकर्मीहरुले प्रभावितलाई तत्काल औषधोपचारको आवश्यकता रहेकोतर्फ ध्यानाकर्षण गराएका छन् ।
बिरामीहरुमा उच्च ज्वरो, लगातार बान्ता, पेट दुख्ने, चक्कर लाग्ने, पिसाब बन्द हुनेलगायतका समस्या देखिने गरेको चिकित्सकहरुले बताएका छन् ।

“यस रोगबाट प्रभावित सबै बिरामीहरुलाई आरामको आवश्यकता हुन्छ, त्यसैले उनीहरुलाई काम र विद्यालयहरुबाट छुटकारा दिनु पर्छ,” चिकित्सकहरुको भनाई छ ।

गत बर्ष पनि श्रीलङ्कामा डेंगुका कारण ५० भन्दा बढीको मृत्यु भएको थियो भने ४८ हजार भन्दा बढी प्रभावित भएका थिए ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार  ४ : ४३ बजे

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

औद्योगिक फोहोर पानी निष्कासन नियन्त्रण गर्न सरकारद्वारा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौं– सरकारले जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण

बडीमालिकामा फोर-जी सेवा विस्तार

काठमाडौं– धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा

सदनबाट विपिन र अमरेशले घेरे आफ्नै सरकारलाई

काठमाडौं- बारामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई