नेवार समुदायको नयाँ वर्ष नेपाल संवत् ११४० आजबाट शुरु | Khabarhub Khabarhub

नेवार समुदायको नयाँ वर्ष नेपाल संवत् ११४० आजबाट शुरु


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल संवत् ११४० आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

राष्टिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गराए थिए ।

नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।

“लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो– उनले भने ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गर्नुभएकोे थियो ।

कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको शुरुवात् गर्ने परम्परासमेत काठमाडौँमा अझै छ ।

म्हः (आत्म) पूजा

आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

यसवर्ष सोमबार र मङ्गलबार दुई दिन प्रतिपदा तिथि परेको थियो । एकथरी नेवार समुदायले सोमबार म्हः (आत्म) पूजा गरेका छन् । अर्काथरीले भने मङ्गलबार गर्दैछन् । मङ्गलबार नयाँ वर्ष मनाएर आत्मपूजा गर्नेले बुधबार भाइटीका गर्ने जानकारी गराएका छन् । यस अवसरमा बुधबार पनि सरकारले सार्वजनिक बिदा दिएको छ ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई बताए ।

आत्म सन्तुष्ट बनाई खुशी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशिर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ६ : ११ बजे

थापाथलीमा खानेपानीको पाइप फुट्दा बग्यो पाँच लाख लिटर पानी

काठमाडौं– थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख

औषधिको लेबलमा रातो धर्का राख्न विभागको निर्देशन

काठमाडौं– एन्टीबायोटिक औषधिको लेबलमा रातो धर्का (डलाइन) राख्ने व्यवस्था पालना

कानून व्यवसायीले घेरे बार भवन

काठमाडौं – नेपाल बार एसोसिएसन केन्द्रीय समितिबाट अनुमोदित सम्पूर्ण मतदाताहरूलाई

इन्डोनेसियाद्वारा नवीकरणीय ऊर्जा परियोजनामा ठूलो लगानी

जकार्ता– इन्डोनेसियाले यस वर्ष करिब ४० अर्ब डलर बराबरको २०

ई-बग्गी चढेर घुम्न जाऊँ है पाटन (तस्बिरहरू)

ललितपुर- ललितपुर महानगरपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित विद्युतीय बग्गी (ई–बग्गी)