नेपाल संवतले आपसी सद्भाव अभिवृद्धि गर्ने राष्ट्रपति भण्डारीको विश्वास « Khabarhub

नेपाल संवतले आपसी सद्भाव अभिवृद्धि गर्ने राष्ट्रपति भण्डारीको विश्वास


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४० का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरेकी छिन् ।

“नेपालको मौलिक संवत्को रुपमा रहेको नेपाल संवत्ले सबै नेपालीहरुमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास लिएको छु”, राष्ट्रपति भण्डारीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रपति भण्डारीले नेपाल संवत्को नयाँ वर्षले सबैमा नयाँ जोश, जाँगर, उत्साह र उमङ्ग थप्दै मुलुक र मुलुकवासीमा राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्दै सबैमा हर्षोल्लासको कामनासहित हार्दिक शुभेच्छासमेत व्यक्त गरेकी छिन् ।

उपराष्ट्रपतिकाे शुभकामना सन्देश

यसैबीच, उपराष्ट्रपति नन्दबहादुर पुनले दीपावली तथा नेपाल संवतका अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

दीपावली र नेपाल संवत्का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उनले भनेका छन्, “उज्यालो र उल्लासको पर्वको रुपमा मनाइने नेपालीहरुको महान् चाड शुभ–दीपावलीलाई स्वागत गरेर हर्षोल्लासका साथ मनाइँदैछ । नेपालको मौलिक संवत् नेपाल संवत्को नव वर्ष ११४० को सुखद् प्रारम्भ पनि यसै अवसरमा हुँदैछ ।”

उपराष्ट्रपतिले सन्देशमा भनेका छन्, “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हाम्रो देश विविध धर्म, संस्कार संस्कृतिले अत्यन्त धनी छ । हाम्रो विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई मजबुत बनाएको छ ।”

महान् चाड शुभ–दीपावली र नेपालको मौलिक संवत् नेपाल संवत् नव वर्षले नेपालीहरुकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप बलियो बनाउने बताउँदै उहाँले सन्देशमा यी पावन अवसरले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्दै समृद्ध नेपाल निर्माणको महाअभियानमा एकाकार भएर अगाडि बढ्न हामी सबैलाई प्रेरणा दिउन् भन्ने कामना गर्दछु ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ७ : ४७ बजे

आज २०८२ साल माघ ११ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको