नेपालगञ्जमा श्रृङ्खलाबद्धरूपमा आगलागीका घटना « Khabarhub

नेपालगञ्जमा श्रृङ्खलाबद्धरूपमा आगलागीका घटना


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्जमा श्रृङ्खलाबद्धरूपमा आगलागीका घटना भएका छन् । ५ दिनभित्र भएका ३ आगलागीका घटनाबाट ठूलो मात्रामा धनमालको क्षति हुन पुगेको छ ।

सोमबार राति सेतु विकचोक नजिकै रहेको इलेक्ट्रोनिक्स र व्यूटीपार्लर पसलमा आगलागी भएको थियो । राति करीब ८ः०० बजेदेखि शुरु भएको आगो नेपालगञ्ज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

उनका अनुसार मिठ्ठीलाल बैश्यको २ तले घरको तल्लो तलामा रहेको इलेक्ट्रोनिक्स पसलबाट शुरु भएको आगो छेउमा रहेको व्यूटीपार्लर पसलमा समेत सल्किएको थियो । पसलका सञ्चालक तिहार मनाउन घर गएको अवस्थामा आगलागी भएको थियो ।

आइतबार रातिमात्रै नेपालगञ्जको धम्बोझी राष्ट्रिय वाणिज्य बैंकको सामुन्ने रहेको गणेश ढकालको भाँडा पसलमा आगलागी भएको प्रहरी उपरीक्षक वलीले जानकारी दिए ।

गत बिहीबार नेपालगञ्जकै बिपीचोक नजिक रहेका आधा दर्जन पसलमा भएको आगलागीबाट १ करोड बढीको क्षति भएको थियो । पछिल्लो तीन महीनामा नेपालगञ्जमा ७ ठूला आगलागीका घटना भइसकेका छन् ।

 

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ९ : ५९ बजे

बालेन सरकारले दलीय ट्रेड युनियन खारेज गरे कसो गर्लान् शिक्षक-कर्मचारी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रअनुसार केही दिनमा बन्ने बालेन्द्र

साताको कार्टुन : भ्रष्टलाई हान्ने र भनेको मान्नेलाई छान्ने

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत ल्याएको

कर्णाली प्रदेशसभा बैठक : हिमाली जिल्लाको नियमित हवाई उडान गर्ने संकल्पपत्र पारित

कर्णाली– कर्णाली प्रदेशका हिमाली जिल्लाको नियमित हवाई उडान गर्न ६

सांस्कृतिक विविधताबीचको एकताले  राष्ट्रियतालाई सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं सांस्कृतिक विविधताबीचको एकताले नेपाली

मुस्लिम समुदायले आज ईद उल फित्र पर्व मनाउँदै

काठमाडौँ– मुस्लिम समुदायले आज ईद उल फित्र पर्व मनाउँदै छन्