नेपालगञ्जमा श्रृङ्खलाबद्धरूपमा आगलागीका घटना | Khabarhub Khabarhub

नेपालगञ्जमा श्रृङ्खलाबद्धरूपमा आगलागीका घटना


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्जमा श्रृङ्खलाबद्धरूपमा आगलागीका घटना भएका छन् । ५ दिनभित्र भएका ३ आगलागीका घटनाबाट ठूलो मात्रामा धनमालको क्षति हुन पुगेको छ ।

सोमबार राति सेतु विकचोक नजिकै रहेको इलेक्ट्रोनिक्स र व्यूटीपार्लर पसलमा आगलागी भएको थियो । राति करीब ८ः०० बजेदेखि शुरु भएको आगो नेपालगञ्ज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

उनका अनुसार मिठ्ठीलाल बैश्यको २ तले घरको तल्लो तलामा रहेको इलेक्ट्रोनिक्स पसलबाट शुरु भएको आगो छेउमा रहेको व्यूटीपार्लर पसलमा समेत सल्किएको थियो । पसलका सञ्चालक तिहार मनाउन घर गएको अवस्थामा आगलागी भएको थियो ।

आइतबार रातिमात्रै नेपालगञ्जको धम्बोझी राष्ट्रिय वाणिज्य बैंकको सामुन्ने रहेको गणेश ढकालको भाँडा पसलमा आगलागी भएको प्रहरी उपरीक्षक वलीले जानकारी दिए ।

गत बिहीबार नेपालगञ्जकै बिपीचोक नजिक रहेका आधा दर्जन पसलमा भएको आगलागीबाट १ करोड बढीको क्षति भएको थियो । पछिल्लो तीन महीनामा नेपालगञ्जमा ७ ठूला आगलागीका घटना भइसकेका छन् ।

 

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ९ : ५९ बजे

सिद्धार्थ बैंकले दिएको लाभांश लिन गएनन् लगानीकर्ता

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले दिएको लाभांश लिन लगानीकर्ता नगएको

शिवजीको पूजा र ‘सेल्फी’मा रमाउँदै महिला (तस्बिरहरू)

काठमाडौं– भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्व मंगलबार देवाधिदेव

सरकारले उखु किसानका माग पूरा गर्नुपर्छ : डा. कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलनरत उखु

महालक्ष्मी विकास बैंकको कम्पनी सचिवमा पन्त

काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडको कम्पनीको सचिवमा सोमराज पन्त

मुक्तिनाथ म्युचुअल फण्ड १ : ३.८ प्रतिशत लाभांश खातामा जम्मा

काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा मुक्तिनाथ