भएको रकम सहकारीमा फस्यो, चाडपर्व कसरी मनाउनु ? | Khabarhub Khabarhub

भएको रकम सहकारीमा फस्यो, चाडपर्व कसरी मनाउनु ?


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– सहकारी वित्तीय विकास संस्थाका पीडितहरूले रकम अभावमा पनि ठूला पर्वहरू मनाउनु परेको छ । गत जेठमा सहकारी समस्यामा आएपछि बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन सकेका छैनन् । ईद, बकरईद, दशैँ र तिहारजस्ता पर्वका बेला आफ्नै रकम फिर्ता लिन उनीहरू सडकमै उत्रदै आएका छन् ।

आवश्यकता परेका बेला बचतकर्ताले राखेको रकम फिर्ता पाउन नसकेपछि उनीहरूमा तनाव र आक्रोश बढेकाले रकम फिर्ताका लागि पटक–पटक आन्दोलन गरे पनि अझै रकम कहिले फिर्ता हुन्छ भन्ने टुङ्गो छैन । ‘बिरामी भएर थलिँदासमेत सहकारीमा राखेको पैसा बचतकर्ताले फिर्ता पाउन सकेनन्,’ रकम फिर्ताका लागि पहल गर्न गठित सङ्घर्ष समितिका अध्यक्ष विजय गुप्ता भन्छन् ।

नेपालगञ्ज–१७ परसपुरका अकबाल बेहना ८ लाखभन्दा बढी रकम सहकारीमा फसेको र पर्वका बेला पनि पैसा नपाएको गुनासो गर्छिन् ।  १० लाख सहकारीमा बचत गरेका प्रेमलाल लोहार अप्ठ्यारो अवस्थामा पनि पैसा पाउन नसकेको सुनाउँछन् ।

आफ्नो रकमका लागि काम छाडेर आन्दोलनमा गर्नु परिरहेको पीडितहरू बताउँछन् । बिर्ताका बिर्खु प्रसादले पनि अप्ठ्यारो पर्दा काम लाग्छ भनेर राखेको ६ लाख बताए ।

सहकारी समस्यामा आए पनि कर्मचारीबाट असुल गरी सहकारी सञ्चालनमा ल्याउने, समस्याग्रस्त घोषणा गर्नेलगायतको प्रयास भए पनि सफल हुन सकेन ।

धितो राखेर ऋण लिएकाहरू कहाँ ऋण तिरेर आफ्नो बन्धक रहेको सम्पत्ति फिर्ता लिने हो भन्ने अन्योलमा छन् । प्रहरीले अनुसन्धानपछि ४१ जना विरुद्ध अदालतमा दायर गरेकामा उनीहरूको बयान सकिएपछि थुनछेक बहस शुरु भइसकेको छ । तिहार बिदाका कारण रोकिएको बहस अदालत खुलेपछि शुरु हुने भएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  १० : २५ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र