नेपाली युवाले बनाए पानीबाट सवारीसाधन चल्ने मेसिन ! « Khabarhub

नेपाली युवाले बनाए पानीबाट सवारीसाधन चल्ने मेसिन !


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गाडी तथा सवारी साधन चलाउनका लागि पेट्रोलियम पदार्थको आवश्यकता पर्छ । पेट्रोलियम पदार्थविना कसरी सवारीसाधन चलाउन सकिन्छ भन्ने विषयमा विश्वमा विभिन्न खोज तथा अनुसन्धान जारी छन् ।

पेट्रोलियम पदार्थको विकल्पमा इलेक्ट्रिक सवारीहरु प्रचलनमा आइसकेका छन् । त्यसबाहेक पानीबाट पनि सवारी चलाउन सकिने परिकल्पनासहित नेपाली एक इन्जिनियरले एउटा डिभाइस तयार पारेका छन् । उक्त डिभाइसको प्रयोगले पानीबाट समेत सवारी चलेको उनको दाबी छ ।

युवा इन्जिनियर सुजन जिसीले निर्माण गरेको डिभाइसले पेट्रोलियम पदार्थमा पानी मिश्रण गर्दा सवारी साधन गुड्छ । ‘सक्स डिभाइस’ नाम दिइएको उक्त डिभाईसको प्रयोगले पानीको मिश्रणबाट गाडी चलाउन सकिने उनी दाबी गर्छन् ।

गाडीमा डिभाइस हालिसकेपछि ४० प्रतिशत पानी र ६० प्रतिशत डिजेलरपेट्रोलको प्रयोग गरेर गाडी चल्ने छ’, युवा इन्जिनियर सुजन जीसीले बताए ।

यस डिभाइस प्रयोगबाट गाडीको २० देखि ४० प्रतिशतसम्म माइलेज समेत बढने उनले दाबी गरे । गाडीको पिकअप बढने, इन्जिनले उच्च पावर प्रदान गर्ने, यदि ट्रक हो भने इन्जिनमा जम्माभएर बसेको कार्वनहरुलाई समेत बाहिर निकाल्ने छ ।

इन्जिनियर जीसीका अनुसार यो डिभाइसको प्रयोगपछि गाडीको आयु बढाउनुका साथै आवाज पनि कम गर्छ । यो डिभाइस इन्जिन भएका सम्र्पूर्ण सवारी साधनमा प्रयोग गर्न सकिने छ । गाडीको सीसी अनुसार भने फरक फरक खालको डिभाइस प्रयोग हुनेछ ।

पेट्रोल–डिजेलमा लाग्ने पैसाको रकम बचत हुन सक्छ भने गाडीबाट निस्किने हानिकारक ग्यासलाई ६० प्रतिशतले घटाउने उनले दाबी गरेका छन् ।

सक्स डिभाइसको मूल्य गाडीमा प्रयोग गर्दा ५० हजार र मोटरसाइकलमा प्रयोग गर्दा १५ हजार तोकिएको छ । डिभाइसमा दुई वर्षको ग्यारेन्टि दिइएको छ । यदि आफुहरुले भनेको ठाँउमा इन्जिनको सर्भिस गराउने हो भने इन्जिनको समेत ग्यारेन्टी लिन सक्ने उनको दाबी छ ।

गाडीमा प्रयोग गर्ने पानी पनि आफुहरुले नै उत्पादन गरेको बताउँदै ४.६ लिटर पानीको प्रयोगले १ हजार किलोमिटर भन्दा ज्यादा माइलेज दिने जिसीले दाबी गरे ।

यो पानीमा विशेष किसिमको केमिकल प्रयोग गरी बनाइएको हुन्छ । उक्त पानीको प्रतिलिटर ३० रुपैयाँ पर्ने उनले बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  १० : ४१ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री