जिल्लाको सरसफाइ गर्न देउसी खेलेर रकम उठाइँदै « Khabarhub

जिल्लाको सरसफाइ गर्न देउसी खेलेर रकम उठाइँदै


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– देउसीभैलो कार्यक्रमबाट जिल्लाको सरसफाइ अभियानमा एकै दिनमा १ लाख ५० हजारभन्दा बढी सङ्कलन भएको छ । बर्दिवास सरसफाइ तथा फोहरमैला व्यवस्थापन समितिको आयोजनमा सोमबार बर्दिवासचोकमा आयोजित ‘संस्कृति जगेर्नासहित सरसफाइसम्बन्धी देउसीभैलो’ कार्यक्रममा रु एक लाख ५० हजार सङ्कलन भएको हो । सङ्कलित रकम बर्दिवासको सरसफाइ अभियानमा खर्चिने भएकोे छ ।

कार्यक्रममा राष्ट्रिय कलाकार तथा राजनीतिक दलका नेता एवं जनप्रतिनिधिले देउसीभैलोलाई सरसफाइ अभियानसँग जोड्दै ऐक्यबद्धता जनाउनाका साथै बर्दिवासको सरसफाइ अभियान सबैको साझा बनेको बताएका थिए । त्यस अबसरमा कलाकारहरूले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

स्थानीय सरसफाइ तथा फोहरमैला व्यवस्थापन समितिले शुरु गरेको अभियान अहिले नवौँ हप्तामा टेकेको छ । नगरको सरसफाइमा सबैलाई सरिक बनाउने उद्देश्यअनुरुप अघि बढ्दै आइएको उक्त समितिका अध्यक्ष चूडामणि पोखरेलले बताए ।

गत साउन अन्तिम साता सबै पक्षको प्रतिनिधित्व गराएर गठन गरिएको उक्त समितिले नगरमा दैनिक सरसफाइ, अनुगमन र संयोजन गर्दै आएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  १० : ४४ बजे

बालेन सरकारले दलीय ट्रेड युनियन खारेज गरे कसो गर्लान् शिक्षक-कर्मचारी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रअनुसार केही दिनमा बन्ने बालेन्द्र

साताको कार्टुन : भ्रष्टलाई हान्ने र भनेको मान्नेलाई छान्ने

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत ल्याएको

कर्णाली प्रदेशसभा बैठक : हिमाली जिल्लाको नियमित हवाई उडान गर्ने संकल्पपत्र पारित

कर्णाली– कर्णाली प्रदेशका हिमाली जिल्लाको नियमित हवाई उडान गर्न ६

सांस्कृतिक विविधताबीचको एकताले  राष्ट्रियतालाई सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं सांस्कृतिक विविधताबीचको एकताले नेपाली

मुस्लिम समुदायले आज ईद उल फित्र पर्व मनाउँदै

काठमाडौँ– मुस्लिम समुदायले आज ईद उल फित्र पर्व मनाउँदै छन्