जिल्लाको सरसफाइ गर्न देउसी खेलेर रकम उठाइँदै « Khabarhub

जिल्लाको सरसफाइ गर्न देउसी खेलेर रकम उठाइँदै


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– देउसीभैलो कार्यक्रमबाट जिल्लाको सरसफाइ अभियानमा एकै दिनमा १ लाख ५० हजारभन्दा बढी सङ्कलन भएको छ । बर्दिवास सरसफाइ तथा फोहरमैला व्यवस्थापन समितिको आयोजनमा सोमबार बर्दिवासचोकमा आयोजित ‘संस्कृति जगेर्नासहित सरसफाइसम्बन्धी देउसीभैलो’ कार्यक्रममा रु एक लाख ५० हजार सङ्कलन भएको हो । सङ्कलित रकम बर्दिवासको सरसफाइ अभियानमा खर्चिने भएकोे छ ।

कार्यक्रममा राष्ट्रिय कलाकार तथा राजनीतिक दलका नेता एवं जनप्रतिनिधिले देउसीभैलोलाई सरसफाइ अभियानसँग जोड्दै ऐक्यबद्धता जनाउनाका साथै बर्दिवासको सरसफाइ अभियान सबैको साझा बनेको बताएका थिए । त्यस अबसरमा कलाकारहरूले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

स्थानीय सरसफाइ तथा फोहरमैला व्यवस्थापन समितिले शुरु गरेको अभियान अहिले नवौँ हप्तामा टेकेको छ । नगरको सरसफाइमा सबैलाई सरिक बनाउने उद्देश्यअनुरुप अघि बढ्दै आइएको उक्त समितिका अध्यक्ष चूडामणि पोखरेलले बताए ।

गत साउन अन्तिम साता सबै पक्षको प्रतिनिधित्व गराएर गठन गरिएको उक्त समितिले नगरमा दैनिक सरसफाइ, अनुगमन र संयोजन गर्दै आएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  १० : ४४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै