चितुवाको आक्रमणबाट तनहुँमा ७ वर्षीय बालकको मृत्यु « Khabarhub

चितुवाको आक्रमणबाट तनहुँमा ७ वर्षीय बालकको मृत्यु


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको भानु नगरपालिका–२ फुस्रेटारमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने सात वर्षीय ऋतिक रोका रहेका छन् ।

घरकै आँगनमा खेलिरहेका बेला चितुवाको आक्रमणमा परी सोमबार राति बालकको मृत्यु भएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । चितुवाले बालकको कम्मरमुनिको आधा भाग खाएको थियो । बालकको शव घरभन्दा १०० मिटरमाथिको जङ्गलमा भेटिएको थियो ।

मजदुरी गर्दै आएका मृतकका बुबा राजु विगत ५/६ वर्षदेखि बेपत्ता भएको सोही नगरपालिकाका वडाध्यक्ष अर्जुनबहादुर केसीले जानकारी दिए। ‘घरमा कोही पनि नभएको अवस्थामा चितुवाले बालकलाई आक्रमण गरेर लगेको हुनसक्छ,’ उनले भने, ‘बालक घरमा नभेटिएपछि खोजतलास गर्दा मृतावस्थामा फेला परेका थिए ।’

सोमबार बिहान मात्रै सोही नगरपालिका–३ स्थित एक सामुदायिक वनमा थापिएको खोरमा परेर एक चितुवा नियन्त्रणमा आएको थियो । चितुवाको आक्रमणबाट वडा नं १, २, ३ र ४ मा डेढ वर्षको अवधिमा छ बालबालिकाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ११ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै