तिहारको महत्व– मखमलीसँग उनिन्छ दिदीबहिनी र दाजुभाइको प्रेम ! « Khabarhub

तिहारको महत्व– मखमलीसँग उनिन्छ दिदीबहिनी र दाजुभाइको प्रेम !


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झिलीमिली बत्ति र साँस्कृतिक चाड तिहारको पाँचौ दिन आज भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई दिँदै छन् ।

तिहार ऐतिहासिक महत्वको पर्वका रुपमा चलिआएको छ ।

दिदीबहिनी र दाजुभाईबीचको सम्बन्ध थप प्रगाढ बनाइने पारिवारिक जीवनलाई थप उचाइमा पुर्‍याउने, देउसी भैलोमार्फत सांस्कृतिक महत्व दर्शाउने र गाई, गोरु, काग तथा कुकुर पूजामार्फत मानव र जीवजन्तुबीचको सम्बन्ध उजागर गर्ने तिहारको प्रमुख विशेषता हो ।

तिहारले पशु र मानवीय सम्बन्ध जीवन्त चित्रणसमेत गरेको संस्कृतविद्हरु बताउँछन् । घरमा धन भित्र्याउने उद्देश्यले धनकी देवी लक्ष्मीको पूजा गर्ने प्रचलन परापूर्वकालदेखि रहिआएको संस्कृतविद् डाक्टर छुन्ड बज्राचार्यको बताउँछिन् ।

नेवार समुदायले मनाउने भाइटीका

आम रुपमा दाजुबहिनी र दिदीभाइको मिलन गराउने पर्वका रुपमा तिहारलाई लिइए पनि नेवार समुदायमा दिदीले मात्र भाइलाई टीका लगाउने प्रचालन रहेको बज्राचार्य बताउँछिन् ।

‘हाम्रो सँस्कृतिमा बहिनीले दाइलाई टीका लगाउँदैनन्’ उनी भन्छिन्, ‘भाइटीका भनेकै दिदीले भाइलाई लगाउने टीका हो ।’

नेवारी समुदायमा बहिनीले दाइलाई सगुन मात्र दिने र दिदीले भने आफ्ना भाइलाई सप्तरंगी टीका लगाइदिने परम्परा रहेको बज्राचार्यको भनाई छ ।

दिदीभाई र दाजुबहिनीकोे मिलन

टाढा रहेका दाजुभाइ र दिदीबहिनीको भेट गराउने अवसर पनि हो तिहार । लामो समयदेखि टाढिएर बसेका दिदीभाइको मिलन गराउने भएकाले यसलाई भाइटीका भनिएको शताब्दी पुरुष सत्यमोहन जोशी बताउँछन् ।

तिहारले दिदीबहिनीको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई समेत प्रगढ बनाउने संस्कृतिविद् एवम् शताब्दी पुरुष जोशीको भनाइ छ । तिहारको विशेष दिनका रुपमा लिइने ‘भाइटीका’ ले दाजुभाइ र दिदीबहिनी नभएकाहरुबीच समेत भावनात्मक नाता जोड्ने गर्दछ ।

यस्तो छ पौराणिक मान्यता

हिन्दू धर्मशास्त्रअनुसार ‘मृत्यु लोक’का राजा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गइ पाँच दिनसम्म बसेको अवसरमा यमपञ्चक मनाइने गरिन्छ ।

पाँच दिनसम्म यमुनाको घरमा बस्दा बहिनीको व्यवहारले खुसी भई इच्छाएको वर माग भन्दा यमुनाले ‘हरेक वर्ष आजकै दिन तपाईंलाई भेट्न पाउँ’ भनेको धार्मिक कथन । यमुनाले यमराजसँग वर माग्दा दाजु—बहिनीको प्रेम सदा अटल रहोस् र दाजुभाइको आयु कीर्ति सदैव वृद्धि होस् भन्ने आफ्नो इच्छा रहेको सुनाएको बताइन्छ ।

मखमली फूल– दाजुभाई र दिदीबहिनीको प्रेमको प्रतिबिम्ब

उज्यालो र फूलको चाडका रुपमा लिइने तिहारमा मखमली फूल एक अभियन्न अंग जस्तै बनेको छ । धेरै दिनसम्म पनि नओलाउने विशेषता भएको मखमली फूललाई दिदीबहिनीहरुले आफ्ना दाजुभाइको दीर्घायुको प्रतीकका रुपमा लिएर टीकासँगै माला पनि लगाइदिन्छन् ।

‘दशैं तिहारको सुरुवातसँगै फुल्न थाल्ने मखमली फूलले दाजुभाइ तथा दिदीबहिनीको मायाको प्रतिबिम्वित गर्छ’ शताब्दी पुरुष जोशी भन्छन्, ‘मखमली फूल हत्तपत्त सुक्दैन पनि ।’

मखमली फूल नओइलिने भएकाले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकको रुपमा लिइने गरिएको जोशीको भनाइ छ । यसैले मखमली फूलको माला तिहारको अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लगाइदिन्छन् ।

सेतो, गाढा कलेजी तथा हल्का रातो रंगमा फुल्ने मखमली तिहारको भाइटीकामा विशेष प्रयोगमा आउँछ ।

पवित्र नाता जोड्ने रानीपोखरीको बालगोपालेश्वर

विनाशकारी भूकम्पका कारण भत्किएको काठमाडौंको रानीपोखरीको बीचमा रहेकोे बालगोपालेश्वर मन्दिर अहिले पुनःनिर्माणको चरणमा छ ।

हरेक वर्ष भाइटीकाको दिन खुल्ने यो मन्दिर दिदीबहिनी नभएका दाजुभाइहरुका लागि पवित्र नाता जोड्ने केन्द्र नै मानिन्छ ।

विगत ५ वर्षसम्म मन्दिर पुनर्निर्माण हुन नसकिएपछि जीर्ण मन्दिर रहेको स्थान वरपर पुगेर दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनी जम्मा भई पवित्र नाता कायम गर्दै टीका लगाएर हर्ष र खुसी साट्ने गर्छन् ।

सर्वसाधरणले भाइटीकामा दाजुभाई र दिदीबहिनी नभएको आभास नहोस् भनेर यस्तो परम्पराको सुरुवात गरिएको संस्कृतविद्हरु बताउँछन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  १ : २१ बजे

बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै

महोत्तरी– बर्दिबास नगरपालिका-६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा !

काठमाडौं – व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

मोरङ– सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव

रिहाइ प्रक्रियाका लागि रुपन्देही जाँदै रवि (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइ प्रक्रियाका लागि

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार– डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी