१२ डिसेम्बरमा आम निर्वाचन गर्ने बेलायती प्रधानमन्त्रीको प्रस्ताव संसदबाट अस्वीकृत « Khabarhub

१२ डिसेम्बरमा आम निर्वाचन गर्ने बेलायती प्रधानमन्त्रीको प्रस्ताव संसदबाट अस्वीकृत


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेलायतको तल्लो सदन हाउस अफ् कमन्सले समय अगावै निर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव अस्वीकृत गरेको छ ।

प्रधानमन्त्री जोनसनले डिसेम्बर १२ मा आम निर्वाचन गराउन राखेको प्रस्ताव तल्लो सदनले अस्वीकृत गरेको हो ।

संसदमा भएको मतदानमा प्रस्ताव अस्वीकृत गराउने पक्षमा २९९ मत खसेको थियो भने विपक्षमा ७० मत खसेको बिबिसीले जनाएको छ ।

प्रधानमन्त्रीले संसद समक्ष राखेको प्रस्ताव पारित हुन ४३४ मत आवश्यक पर्ने कानूनी प्रावधान छ । यो प्रस्ताव अस्वीकृत भए पनि प्रधानमन्त्री जोनसन आफ्नो अडानबाट भने पछि हटेका छैनन् । उनले यसका लागि फेरी संसदमा अर्को प्रस्ताव पेश गर्ने बताइकोएको छ ।

मतदान हुनुअघि संसदमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता जेरेनी कोर्बिनले प्रधानमन्त्री जोनसनको प्रस्तावलाई समर्थन गर्न नसकिने बताएका थिए ।

यसअघि युरोपेली संघका नेताहरुले ब्रेक्जिटबाट बेलायत बाहिरीने समयलाई आगामी जनवरी ३१ सम्म लम्ब्याउन सहमति जनाएका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ११ : ४८ बजे

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि