पूर्व राजा ज्ञानेन्द्रले लगाए बहिनीको हातबाट भाइटीका « Khabarhub

पूर्व राजा ज्ञानेन्द्रले लगाए बहिनीको हातबाट भाइटीका


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाहले बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट भाइटीका लगाएका छन् ।

पूर्व राजा शाहले मंगलबार बिहान १० बजेर ५१ मिनेटमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन् । भाइटीकाको शुभसाइत ११ बजेर ५५ मिनेटमा भए पनि उनले त्यसअघि नै टीका लगाए । पूर्वराजा शाह भाइटीका लगाउन बहिनी शोभाको घर कमलादी पुगेका थिए ।

भाइटीकापछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले आजको दिन कसैको कुरा काट्ने र खुट्टा तान्ने दिन नभएको बताए । उनले भने, ‘आज कसैको कुरा काट्ने दिन होइन, आज परिवारसँग बसेर रमाइलो र खुशी साट्ने दिन हो ।’

त्यस्तै नेपाली राजनीतिक परिवर्तनप्रति पनि उनले संक्षिप्त टिप्पणी गर्दै भने,‘कुनै पनि परिवर्तन हुँदा दुईटा कुरा महत्वपूर्ण हुन्छ प्रवृत्ति र विकास । यो कुरा बुझिएन भने परिवर्तन हुँदैन । सर्वसाधारणले सरल र सहज ढंगले अनुभव गर्ने कुरा नै विकास हो ।’

त्यस्तै लक्ष्मीपूजाका दिन आफूले विशेष रुपमा देश र सम्पूर्ण नागरिकका लागि प्रार्थना गरेको बताउँदै उनले भने, ‘कति धन नहुनेले धन वृद्धिको प्रार्थना गरे होलान् तर मैले चाहिँ धन हुनेलाई मन पाओस् र मन हुनेलाई नेपालीपन पाओस् भनेर प्रार्थना गरेको थिएँ ।’ त्यहीँ दिन आफूले महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेको ‘सुख भनेको के हो ?’ भन्ने कुरा सम्झेको पनि उनले बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  १२ : ४६ बजे

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई ५७ सिट मिल्दा श्रमसंस्कृति र राप्रपालाई ४-४ सिट

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन मतगणनाकार्य

सुर्खेतकी इनिसाको मृत्यु ‘जबरजस्ती करणी’बाटै, सीआईबीको टोली पनि पुग्यो

वीरेन्द्रनगर- सुर्खेतको गुर्भाकोट नगरपालिका निवासी १६ वर्षीया किशोरी इनिसा विकको

होर्मुजको जलक्षेत्र बन्द नै रहनेछ, शहीदका रगतको बदला लिइनेछ : सर्वोच्च नेता खामेनी

काठमाडौं– इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले होर्मुजको जलडमरुमध्य

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर