तस्वीरमा हेर्नुहोस् कलाकारको तिहार « Khabarhub

तस्वीरमा हेर्नुहोस् कलाकारको तिहार


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  हिन्दूहरूको पर्व दिपावलीलाई कलाकारले सेलिब्रेसन गरेका छन् । कलाकारले आफ्नो घरमा परिवारका साथ तिहार मनाएका हुन् ।

नायिका दीपाश्री निरौलाले आफ्नो जन्मघर विराटनगर पुगेर भाइटीका मनाएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो परिवारसँग टीका लगाएको तस्वीर शेयर गरेकी छिन् ।

अविवाहित दीपाश्री निरौला प्रायः तिहारका बेलामा आफ्नो जन्मघर विराटनगर पुगेकी हुन्छिन् । अरु बेलामा काठमाडौंमै व्यस्त रहे पनि चाडबाडका बेला भने जन्मघर पुग्ने गर्छिन् ।

यस्तै वरिष्ठ कलाकार हरिवंश आचार्यले पनि भाइटीकाको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेका छन् । तस्वीरमा आचार्यले ३ दिदीबहिनीसँग तिहार मनाएको तस्वीर अपलोड गरेका छन् ।

यस्तै सीताराम कट्टेलले पनि आफ्नो परिवारसँग भाइटीका मनाएका तस्वीर शेयर गरेका छन् । उनले शेयर गरेका तस्वीरमा दुई बहिनी र तीन भाइ देख्न सकिन्छ ।

यसैगरी, अभिनेता भुवन केसीले छोरा नायक अनमोल केसीसहित परिवारको तस्वीर शेयर गरेका छन् ।

यस्तै करिश्मा मानन्धरलगायत अन्य कलाकारले पनि तिहारको खुशीलाई सामाजिक सञ्जालमार्फत शेयर गरेका छन् ।

तस्वीरमा हेरौँ कलाकारको तिहार:

 

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ३ : १७ बजे

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र

सरकारले सुराकी गरेको भन्ने अमरेशको दाबीमा सस्मित : उहाँले कुन स्रोतबाट थाहा पाउनुभयो ?

काठमाडौं- नेपाल सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र

दुई सह-सचिवको बढुवा, कर्ण गण्डकी र कर्माचार्य ऊर्जा मन्त्रालयमा

काठमाडौं– सरकारले प्रशासन र प्राविधिक सेवातर्फका दुई सह-सचिवलाई सचिवमा बढुवा

हिमाली युवा कार्यदलको अन्तर्राष्ट्रिय संयोजक तथा सम्पर्क व्यक्तिमा सोनिका नियुक्त

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय प्रणालीभित्र बालबालिका तथा युवाहरूको आधिकारिक वैधानिक संस्था मेजर

मलेसियाबाट म्यान्माली नागरिक स्वदेश फर्काइँदै, अधिकार समूहको विरोध

क्वालालम्पुर– मलेसियाले करिब १ हजार ५०० म्यान्माली नागरिकलाई स्वदेश फर्काउने