ट्विटरको नाफा घट्यो, सेयर मूल्यमा गिरावट आउने अनुमान | Khabarhub Khabarhub

ट्विटरको नाफा घट्यो, सेयर मूल्यमा गिरावट आउने अनुमान


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सामाजिक सञ्जाल ट्विटरको चालू वर्षको त्रैमासिकमा नाफा घटेको छ । ट्विटरको त्रैमासिक नाफा विश्लेषकहरुको अनुमानभन्दा पनि कम हो । नाफा आर्जन घट्नुको पछाडि एड बग भएको बताइएको छ ।

चालू वर्षको तेस्रो त्रैमासिकमा कम्पनीले ३ करोड ७० लाख नाफा गरेको ट्विटरले जनाएको छ । गत वर्षको तुलनामा नौ प्रतिशत बढ्दा आम्दानी ८२ करोड ४० लाख अमेरिकी डलर पुगेको छ । तर यो आम्दानी विश्लेषकहरुको अनुमानभन्दा निकै कम हो ।

अमेरिकी बजारमा कारोबार सुरु भएपछि ट्विटरको सेयर मूल्यमा गिरावट आउने अनुमान गरिएको छ । कारोबार सुरु हुनुअघि कम्पनीको सेयर १९ प्रतिशत तल थियो । कम्पनीका अनुसार पहिलो दुई त्रैमासिकमा आम्दानी घट्ने अनुमान गरिएको थियो । समर (ग्रीष्म)याममा मागमा कमी आएको, बिक्रीमा अनपेक्षित समस्या देखिएको जस्ता कारणले नाफा घटेको कम्पनीको भनाइ छ ।

यसैबीच, कम्पनीले चौँथो त्रैमासिकको आम्दानीको अनुमान पनि घटाएको छ । चौँथो त्रैमासिकमा कम्पनीले ९४ करोडदेखि १ अर्ब डलरबीचमा आम्दानी गर्ने लक्ष्य राखेको छ । यसअघि कम्पनीले उक्त अवधिका लागि १ अर्ब ६ करोड डलर हुने अनुमान गरेको थियो ।

त्यस्तै पछिल्लो समय कम्पनीले साइटमा विज्ञापन हेर्ने प्रयोगकर्ताको संख्या भने बढाएको छ । यस्ता प्रयोगकर्ताको संख्या १४ करोड ५० लाख पुगेको छ । जुन विश्लेषकले अनुमान गरेको १४ करोड १० लाखभन्दा वर्षगत तुलनामा १७ प्रतिशतले धेरै हो ।

ट्विटरका प्रमुख कार्यकारी ज्याक डार्सेले कम्पनीको समस्या सुधारमा विशेष जोड दिएको र त्यसमा सुधार पनि भइरहेको बताएका छन् । उनले ट्विटरमा आउने हानिकारक विषयवस्तु पहिचान गरेर त्यसलाई हटाउने कामलाई तीव्रता दिइएको बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ३ : २४ बजे

खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र हुँदै

भोजपुर– खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र थालिएको छ । मध्यपहाडी लोकमार्गको शून्यविन्दुबाट

कम्बोडियाका लागि नेपाली राजदूत ओलीबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

कम्बोडिया– कम्बोडियाका लागि नेपालका गैरआवासीय राजदूत धनबहादुर ओलीले नरेश नरोदम

त्रिदेशीय महिला टी-२० : पाँच खेलमा पराजित नेपाल सान्त्वना जितको खोजीमा

काठमाडौं – घरेलु मैदानमा जारी त्रिदेशीय महिला टी-२ शृङ्खलामा लगातार

किनकि कांग्रेस सरकारमा छ

माघ १२ गते नेपाली कांग्रेसले स्थापना दिवस मनाएन । कांग्रेसमा

प्रेम सप्ताह सुरु : आज ‘रोज डे’

काठमाडौं– आजबाट प्रेम सप्ताह (भ्यालेन्टाइन विक) सुरु भएको छ ।