प्रेम सप्ताह सुरु : आज ‘रोज डे’ « Khabarhub

प्रेम सप्ताह सुरु : आज ‘रोज डे’


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजबाट प्रेम सप्ताह (भ्यालेन्टाइन विक) सुरु भएको छ । प्रेमिल जोडीले यस सातालाई प्रेम व्यक्त गर्ने पर्वका रुपमा लिने गर्दछन् ।

आज फेब्रुअरी ७ अर्थात् ‘रोज डे’ हो । ‘भ्यालेनटाइन विक’ हरेक वर्ष फेब्रुअरी ७ तारिखदेखि सुरु भएर १४ तारिखसम्म मनाउने गरिन्छ । आजकै लागि भनेर फूल व्यापारीहरूले आआफ्नो पसल गुलाफले सजाएका छन् ।

आज साथीसँग झै–झगडा नगरी मित्रताको सम्बन्ध अगाडि बढाउन यो रंगको गुलाफ दिएर सम्बन्ध अगाडि बढाउन सकिन्छ ।

गुलाबी रंगको गुलाफ– गुलाबी रंगका गुलाफ सबैका लागि हुन सक्छ । आफ्नो प्रेमी वा प्रेमिकालाई मात्र नभएर आफ्ना परिवार वा नजिकका शुभचिन्तकहरुलाई पनि गुलाबी गुलाफ दिएर माया भाव साट्न सकिन्छ ।

सुन्तला रंगको गुलाफ– सुन्तला रंगको गुलाफ जोश, उत्साह र उमङ्गको प्रतीक मानिन्छ । प्रेमिल जोडी तथा दम्पतीहरूले जोश र उत्साहपूर्ण सम्बन्धका लागि यस रंगका गुलाफका फूलहरू दिने गर्छन् ।

‘रोज डे’ को इतिहास

‘रोज डे’ को इतिहासलाई हेर्दा मुगल बेगम नूरजहाँ जोडिएर आउँछिन् । इतिहास अनुसार आफ्ना पतिले दिएको रातो गुलाफलाई उनले निकै मन पराएकी थिइन् । त्यसपछि उनको खुसीका लागि उनका पतिले दरबारमा प्रत्येक दिन ताजा गुलाफका फूल पठाउँथे ।

अर्को इतिहास अनुसार महारानी भिक्टोरियाको पालामा मानिसहरूले आफ्नो भावना व्यक्त गर्न गुलाफ साट्ने चलन थियो भन्ने गरिन्छ ।

‘रोज डे’ का दिन दिने गुलाफका रंगहरुले पनि भिन्नाभिन्नै अर्थ राख्छन्–

गुलाबको रंगको विशेषता

रातो गुलाफ– रातो गुलाफले प्रेम, जोश र भावनात्मक पक्षको प्रतीक दर्शाउँछ ।

सेतो गुलाफ– सेतो गुलाफले सम्बन्धमा शान्ति र मेलमिलापको भाव बताउँछ । तपाईँका नजिकका साथीसँग झै–झगडा नगरी मित्रताको सम्बन्ध अगाडि बढाउन सकिन्छ ।

गुलाबी रंगको गुलाफ– गुलाबी रंगको गुलाफ मायाको प्रतीक मानिन्छ ।

सुन्तला रंगको गुलाफ- सुन्तला रंगको गुलाफ जोश, उत्साह र उमङ्गको प्रतीक मानिन्छ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ६ : ५३ बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना