प्रधानमन्त्रीले लगाए बहिनीहरुको हातबाट भाइटीका (तस्वीरहरु) « Khabarhub

प्रधानमन्त्रीले लगाए बहिनीहरुको हातबाट भाइटीका (तस्वीरहरु)


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना बहिनीहरुबाट भाइटीका लगाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमै प्रधानमन्त्री ओलीले बहिनीहरु कौशिलादेवी कोइराला, विष्णुमाया ढकालका साथै देवका उप्रेती र इन्दिरा पराजुलीको हातबाट टीका ग्रहण गरेका हुन् ।

मंगलबार दिउँसो १ बजेर ३८ मिनेटको समयमा प्रधानमन्त्री ओलीले बहिनीहरुको हातबाट टीका लगाए । टीका लगाइदिएपछि उनीहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे ।

साथै उनीहरूले प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिए । प्रधानमन्त्रीले बहिनीलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरे ।

सो क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री ओलीले भाइटीकाको परम्परागत पक्षहरुले नेपाली समाजलाई सुमधुर सम्बन्धसहितको सुव्यवस्थित समाज र मानवीय तथा सामाजिक भावना भएको समाजको रुपमा स्थापित गर्न ठूलो योगदान गरेको बताए ।

उनले चाडबाडको नाउँमा स्वास्थ्य, समाज, अर्थतन्त्रलाई हानी पुग्ने जुवातास, रमाइलाका नाउँमा गरिने नराम्रा क्रियाकलाप त्याग्नु पर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले त्यस्ता कुराहरु परम्परा नभएर विकृति भएको बताए ।

भाइटीकाको अवसरमा प्रधानमन्त्रीले सबैमा सुस्वास्थ्य, समृद्धि र सफलताको शुभकामना पनि दिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ४ : ०३ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा