कुखुराको खोरमा जुवा खेलिरहेका २५ जना पक्राउ | Khabarhub Khabarhub

कुखुराको खोरमा जुवा खेलिरहेका २५ जना पक्राउ


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- बेँसीशहर नगरपालिका–११ चितीमा जुवा खेल्दै गरेको अवस्थामा २५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बिहान एक स्थानीयवासीको कुखुराको खोरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक धनबहादुर थापाले बताए ।

पक्राउ परेकाहरुको साथबाट नगद रु दुई लाख १६ हजारसमेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई जुवा ऐनअन्तर्गत कारवाही हुने र १४ गते कार्यालय खुलेपछि जिल्ला प्रशासन कार्यालयमा पेश गरिने प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ४ : ३० बजे

एमाले–कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ : ईश्वर पोखरेल

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिप मेला तालिममा ८ वटा पेसा थप : अहिलेसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन  

काठमाडौं– काठमाडौं महानगरपालिकाले सिप मेलाका लागि ८ वटा पेसासँग सम्बन्धित

भ्रष्टाचार मुद्दामा अख्तियारको छानबिनमा तानिएकी मञ्जुले भैरहवा विमानस्थलको भ्रष्टाचार खोज्ने

काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले बस्न अस्वीकार गरेको गौतम

विद्यालय तहको अध्ययन अध्यापन शैली पर्यावरणमैत्री बनाउनुपर्ने

कीर्तिपुर – सगरमाथा संवादका सहभागी अन्तरराष्ट्रिय विज्ञहरूले मौसम परिवर्तनबाट उत्पन्न