श्रीलंकाको चुनावमा २ लाख कर्मचारी परिचालन « Khabarhub

श्रीलंकाको चुनावमा २ लाख कर्मचारी परिचालन


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- श्रीलंकाको राष्ट्रपति निर्वाचनका लागि देशका विभिन्न चुनावी मतदान स्थलका लागि दुई लाखभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ ।

निर्वाचन आयोगका अनुसार जिल्लास्तरीय मतगणना केन्द्रहरुमा ४८ हजारभन्दा बढी कर्मचारी परिचालन हुनेछन् । निर्वाचन मतदान स्थलमा मात्र एक लाखभन्दा बढी कर्मचारी परिचालन गरिएको आयोगका एक अधिकारीले बताए ।

जिल्लास्तरमा परिचालन हुने निर्वाचन अधिकृतहरुले मतदान स्थलमा खटिने अरु कर्मचारीको संख्याका बारेमा जानकारी लिने कार्य भइरहेको पनि आयोगले जनाएको छ ।

राष्ट्रपति पदका लागि हाल ३५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । उम्मेदवारको सूची लामो भएकाले मतपत्र समेत २६ इन्चभन्दा लामो छ । श्रीलंकाको इतिहासमै राष्ट्रपतिका उम्मेदवारका लागि यतिलामो मतपत्र पहिलोपटक प्रयोग हुन लागेको हो ।

निर्वाचन आयोगले मतपत्र लामो भएकाले मतगणना स्थल पनि ठूलो बनाउनुपर्ने आवश्यकता महसुस गरेको जनाएको छ । आयोगका अनुसार यस पटकको चुनाव महंगो हुने देखिएको छ ।

यस पटकको चुनावमा करिब एक करोड मतदाता रहेका छन् । चुनावमा वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेना उम्मेदवार बन्नु भएको छैन ।

श्रीलंकामा आगामी नोभेम्बर १६ मा राष्ट्रपतिका लागि चुनाव हुँदैछ । यस चुनावमा प्रधानमन्त्री रनिल विक्रमासिंघेको युनाइटेड नेसनल पार्टीका सजिथ प्रेमदासा र श्रीलंका पोदुजाना पेरामुना पार्टीका गोटाबाया राजापाक्षाबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ६ : ३५ बजे

विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष

यही चुनावमै बालेलनाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रविको योजना, यस्ता छन् मिल्ने तीन विकल्प

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका