फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ७ जनाको मृत्यु « Khabarhub

फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ७ जनाको मृत्यु


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनिला- दक्षिण फिलिपिन्समा मंगलबार शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पका कारण कम्तीमा ७ जनाको मृत्यु हुनुका साथै दर्जनौं व्यक्ति घाइते भएको अधिकारीहरुले बताएका छन् ।

भूकम्प धक्का कतिपय स्थानमा एक मिनेटसम्म अनुभव गरिएको थियो । भूकम्पबाट सर्वसाधारणका घरहरुका साथै ठुल्ठूला भवनहरु र स्कुलका कक्षाकोठाहरुमा क्षति पुगेको छ ।

फिलिपिन्समा वर्षैभरि पटकपटक भूकम्प जाने गरेको छ । यहाँ बर्सेनि भूकम्पका कारण जनधनको क्षति हुने गरेको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार यो भूकम्प ६.६ म्याग्नीच्यूडको थियो । यसलगत्तै अरु ५.८ म्याग्नीच्यूडको परकम्प जानुका साथै अरु ससाना परकम्पहरु पनि गएका थिए ।

पटकपटक परकम्प गएका कारण स्थानीयवासीमा तनाव सिर्जना भएको थियो । मानिसहरु पुनः शक्तिशाली भूकम्प आउने भयका कारण घरभित्र जान समेत डराएका थिए ।

भूकम्पका कारण स्थानीय प्रशासनले स्कुलहरु बन्द गराएको छ ।

दुई साताअघि पनि फिलिपिन्समा ६.४ म्याग्नीच्यूडको भूकम्प गएको थियो । उक्त भूकम्पबाट कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै दर्जनौं भवनमा क्षति पुगेको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ५ : ४० बजे

सभापति थापाले ल्याए कांग्रेसको १५ औँ महाधिवेशन कार्यतालिका

काठमाडौं- नेपाली कांग्रेसाका सभापति गगनकुमार थापाले मंगलबार बसेको केन्द्रीय कार्यसमितिको

हङकङेली नेपालीका रोजगार एप ‘जबलिङ्क कनेक्ट’ सार्वजनिक

हङकङ – हङकङका नेपाली व्यवसायीद्वारा पहिलोपटक विकसित गरिएको मोबाइल एप्लिकेसन

किमको आणविक अडान कडा

सियोल- उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने स्पष्ट

देउवा पक्षलाई गगनको सन्देश : मैले हाँकेको गाडी अघि बढिसक्यो, यदि कोही छुट्छ भने त्यो मेरो कुरा होइन

ललितपुर‍- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा

जाँदाजाँदै कर्मचारीमाथि किन खनिन्छन् मन्त्री-प्रधानमन्त्री, पूर्वसचिव भन्छन्- ‘कार्यक्षेत्रकै भेउ पाउँदैनन्’

काठमाडौं– केही दिन अगाडी सहरी विकास मन्त्री कुमार इङ्नामले कर्मचारीहरूले