भारतीय प्रहरीको नियन्त्रणमा हनुमान जी « Khabarhub

भारतीय प्रहरीको नियन्त्रणमा हनुमान जी


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रहरी चौकी जहाँ अपराधको आरोपित मानिसलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिन्छ ।

अपराध कसुरका शीर्षक अलग–अलग हुन्छन्, केही सामाजिक त केही धार्मिक । आजकाल धर्मका विवादमा वा केही जोगी सन्यासीहरु समेत प्रहरीको नियन्त्रणमा पर्ने गरेका छन् ।

कुनै पनि भगवान वा भगवानका स्वरुप प्रहरीको नियन्त्रणमा परेको खबर सायदै तपाईले सुन्नु भएको होला । तर भारतमा भने प्रहरीले भगवान हनुमानको मूर्ति नियन्त्रणमा लिएर चौकीमा राखेको छ ।

भारतको विहार प्रदेशको वैशाली जिल्लामा प्रहरीले भगवान हनुमानलाई नै नियन्त्रणमा लिएको हो । दुई अलग समूहबाट प्रहरी चौकीमा परेको निवेदनका आधारमा शान्ति सुब्यवस्था कायम राख्ने भन्दै प्रहरीले हनुमानको मूर्तिलाई नै नियन्त्रणमा लिएको हो ।

भारतीय प्रहरीकाअनुसार बैशालीको पानापुर गौराही गाउँको ठाकुरबाडीमा विवादित जमिनमा हनुमानको प्रतिमा स्थापित गर्न लागिएको थियो ।

यही बिषयमा ठाकुरबाडी समितिका पदाधिकारी आक्रोशित भए र त्यसको विरोध गर्न शुरु गरे । उनीहरुले हनुमानको मूर्ति स्थापनामा आपत्ति जनाउँदै उक्त मूर्ति हटाउन माग गरे ।

यही बिषयमा मूर्ति स्थापना गर्ने र हटाउन माग गर्ने दुई पक्षबीच चर्को विवाद भयो । विवादको हद यतिसम्म बढ्यो कि दुबै पक्षबीच द्वन्द्व हुने स्थिति आयो ।

तर झडप हुनुअघि नै पुगेको प्रहरीले विवादको जड भन्दै हनुमानजीको मूर्ति नियन्त्रणमा लिई प्रहरी चौकी पुर्‍यायो । प्रहरीले सार्वजनिक जमिनमा मन्दिर वा मूर्ति स्थापना गर्नु प्रतिबन्धित भएकाले हनुमान मूर्ति नियन्त्रणमा लिनु परेको बताएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ५ : ४६ बजे

रविको स्वास्थ्य अवस्थाबारे के भन्छ टिचिङ अस्पताल ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उपचारको

गुठी संस्थानविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं– गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ

डडेलधुरा पुगेर बालेन लेख्छन्- सुदूर अब दूर नाई…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कांग्रेसको चुनावी नीति : जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय पुग्यो

काठमाडौं – स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको