वडाध्यक्षले दिएको खसी काटेर जुम्ला कारागारका कैदीबन्दीले मनाए तिहार « Khabarhub

वडाध्यक्षले दिएको खसी काटेर जुम्ला कारागारका कैदीबन्दीले मनाए तिहार


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा- कारागारका कैदीबन्दीलाई चन्दननाथ नगरपालिका–५ का वडाध्यक्ष अर्जुनसिंह कठायतले तिहार मनाउन खसी दिएका छन् ।

चाडपर्व हर्षोल्लासका साथ मनाऊन् भन्ने उद्देश्यले वडाध्यक्ष कठायतले उनीहरुलाई एउटा खसी प्रदान गरेका छन् ।

तिहारको भाइटीकाको दिन आज बिहान वडाध्यक्ष कठायतले पत्रकार र प्रहरीको उपस्थितिमा जुम्ला कारागारमा रहेका तीन जना महिलासहित ८४ जना कैदीबन्दीलाई खसी हस्तान्तरण गरे । उनले रु १२ हजार बराबरको खसी उपलब्ध गराएका हुन ।

खसी बुझ्दै कैदीका चौकीदार खाम्बा रावतले भने, “दशैँ–तिहार आएको गएको थाहा हुँदैन थियो, तर यस वर्ष दशैँ–तिहार दुवै पटक खसी उपहार पाएर कैदीबन्दीहरुले रमाएर दशैँ–तिहार मनाए ।”

वडाध्यक्षले कैदीबन्दीलाई तिहारको शुभकामना दिँदै चाडपर्व सबैका लागि समान भएको बताए ।

उनले आफूप्रति हीनताबोधको सोचाइ अन्त्य गरी कारागारपछिको जीवन एक उदाहरणीय रुपमा बिताउन सुझाव दिए ।

यसअघि दशैँमा पातारासी गाउँपालिकाले दशैँ मनाउन खसी प्रदान गरेको थियो । चाडपर्व हर्षोल्लासका साथ मनाउन भन्ने उद्देश्यले गाउँपालिकाले दुई वटा खसी प्रदान गरेको थियो ।

साथै आवश्यक मसला र नुनतेलका लागि नगद रु तीन हजार पनि उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ६ : ४५ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन