राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित « Khabarhub

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को फराकिलो र एकतर्फी जित निकालेको छ। ब्राजिलियन विङ्गर राफिन्हाको शानदार ह्याट्रिकको मद्दतमा बार्सिलोनाले घरेलु मैदानमा गोलको वर्षा गर्दै स्पष्ट ३ अंक जोडेको हो।

खेलको आठौँ मिनेटमा जोआओ क्यान्सेलोले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि राफिन्हाले २५औँ मिनेटमा पेनाल्टीमार्फत टोलीका लागि दोस्रो गोल गरे। यद्यपि खेलको ३०औँ मिनेटमा रेसिङका मागोटे गुएयेले गोल गर्दै अन्तर ३१–१ मा झारेका थिए।

३६औँ मिनेटमा रेसिङका एसियर भिल्लालिब्रेले आत्मघाती गोल गर्न पुगेपछि बार्सिलोनाले ३–१ को अग्रता बनायो। त्यसपछि ४२औँ मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमै टोलीलाई ४–१ को बलियो स्थितिमा पुर्‍याए।

दोस्रो हाफमा पनि बार्सिलोनाले आक्रामक खेल जारी राख्यो। खेलको ६५औँ मिनेटमा रेसिङका यास्सिर जाबिरीले गोल गर्दै खेल ४–२ को स्थितिमा ल्याए पनि त्यसको दुई मिनेटपछि ६७औँ मिनेटमा राफिन्हाले अर्को पेनाल्टीलाई गोलमा परिणत गर्दै आफ्नो ह्याट्रिक पूरा गरे।

खेलको अन्त्यतिर ग्याब्रिएल जेसुसले ७९औँ मिनेटमा र लामिन यामालले ८९औँ मिनेटमा गोल गरेपछि बार्सिलोनाले ७–२ को फराकिलो जित पक्का गर्‍यो। यस जितसँगै अंक तालिकाको पहिलो स्थानमा रहेको बार्सिलोनाले शीर्ष स्थानमा आफ्नो पकड अझ बलियो बनाएको छ भने पराजित रेसिङ सान्टान्डर तालिकाको १०औँ स्थानमा यथावत् छ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  ७ : ०३ बजे

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्री पदको मतगणना सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भएको मतदान अन्तर्गत उपसभापति र