रक्तश्राव नरोकिएपछि सुत्केरीको हेलिकप्टरबाट उद्धार « Khabarhub

रक्तश्राव नरोकिएपछि सुत्केरीको हेलिकप्टरबाट उद्धार


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- सिगास गाउँपालिका–६ लेकमकी २३ वर्षीया सुत्केरी धाना साउँदको हेलिकप्टरमा उद्धार गरिएको छ ।

उनलाई नेपाली सेनाको हेलिकप्टर मार्फतउद्धार गरी मंगलबार बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको हो ।

प्रसुती सेवा केन्द्र लेकममा बच्चा जन्माएकी साउँदको अत्यधिक रक्तस्राव भएपछि उद्धार गरिएको हो । उनलाई राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी उपचारका लागि कोहलपुर लगिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

“अत्यधिक रक्तस्राव भएको खबर पाएपछि हेलिकप्टरको व्यवस्था गरेका हौँ”, उनले भने । सुत्केरीको साथमा रहेकी प्रसुती सेवा केन्द्र लेकमकी अनमी पार्वती बोहराका अनुसार साउँदको अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ७ : २१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै