आज कहाँ कहाँ हुँदैछ उपनिर्वाचन | Khabarhub Khabarhub

आज कहाँ कहाँ हुँदैछ उपनिर्वाचन


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ संविधान जारी भएपछि संविधान कार्यान्वयन गर्दै २०७४ सालमा तीनै तहको चुनाव भयो । स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनपछि जनप्रतिनिधि चयन भए । जसमध्ये विभिन्न कारणले ३७ जिल्लामा ५२ स्थानमा जनप्रतिनिधि रिक्त हुँदा आज उपनिर्वाचन हुँदैछ ।

कुन कुन ठाउँमा हुँदैछ उपनिर्वाचन ?
कास्की-२
अहिले कास्की निर्वाचन क्षेत्र नम्बर-२ मा प्रतिनिधिसभाका लागि निर्वाचन हुँदै५ । तत्कालीन पर्यटनमन्त्री तथा यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीको गत फागुनमा हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त रहेको ठाउँमा चुनाव हुन लागेको हो ।

यस क्षेत्रमा अधिकारीकी पत्नी विद्या भट्टराईको उम्मेदवारी छ। कांग्रेसबाट खेमराज पौडेले उम्मेदवार बनेका छन्। यस्तै साझा र विवेकशील नेपाली दलले पनि उम्मेदवारी दिएका छन्।

भक्तपुर
प्रदेश-३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधनपछि भक्तपुर-१ (क)मा पनि निर्वाचन हुँदैछ। यहाँ पार्टीभित्रको विवादले सत्तारुढ दल नेकपालाई चुनौती छ। नेकपाबाट देवीप्रसाद ढकाल उम्मेदवार छन्।

प्रमुख प्रतिपक्षी दल कांग्रेसबाट भने कृष्ण भडेल प्रदेशसभाको उम्मेदवार छन्। आफ्नो गण भन्ने नेमकिपाले पनि यस क्षेत्रमा निरज लवजुलाई उम्मेदवार बनाएका छन्। साना दल र केही स्वतन्त्र उम्मेदवारले पनि प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका छन्।

दाङ
दाङमा दुई पदका लागि उपनिर्वाचन हुँदैछ। प्रदेशसभातर्फ क्षेत्र-३ (ख) र घोरही उपमहानगरपालिका-१६ को वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो। प्रदेसभा सदस्य उत्तरकुमार ओली र वडाअध्यक्ष लछिनप्रसाद बुढामगरको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।

यसक्षेत्रमा प्रदेशसभातर्फ नेकपाले ओलीकै श्रीमती विमला ओलीलाई उम्मेदवार बनाएको छ। यस्तै, कांग्रेसले केशव आचार्यलाई उम्मेदवार बनाएको छ। यहाँ यी दुई दलबीच नै मुख्य प्रतिस्पर्धा हुँदैछ।

बागलुङ
बागलुङको निर्वाचन क्षेत्र २ (ख)मा सत्तारुढ दलले यसपटक राष्ट्रिय जनमोर्चालाई समर्थन गर्दैछ। जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीलाई नेकपाको समर्थन छ।

अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट राजमोका टेकबहादुर घर्ती निर्वाचित भएका थिए। तर, बिरामीका कारण उनको निधन भएपछि सो क्षेत्रको प्रदेशसभा सदस्य पद रिक्त भएको हो।कांग्रेसले त्यस क्षेत्रमा जितबहादुर शेरचन उम्मेदवार बनाएको छ। उनी अघिल्लो निर्वाचनमा पनि उम्मेदवार थिए।

स्थानीय तहको उपनिर्वाचन
स्थानीय तह अन्तर्गत एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि शनिबार उपनिर्वाचन हुँदैछ।

सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख, पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु, महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुनेछ।

रिक्त ४३ वडाध्यक्षमध्ये महोत्तरीको मटिहानी नगरपालिका-६ का वडाध्यक्षको राजीनामा दिएका हुन्। जिससमा निर्वाचित भएका वडाध्यक्षमा सप्तरीको छिन्नमस्ता गाउँपालिका-७, लमजुङको सुन्दरबजार नगरपालिका-२, बागलुङको बडीगाड गाउँपालिका-२, प्यूठानको ऐरावती गाउँपालिका-१ र २, सल्यानको कुमाख गाउँपालिका-५ र कञ्चनपुरको पुर्नवास नगरपालिका-३ रहेका छन्।

आयोगका अनुसार यसअघिका वडाध्यक्षको विभिन्न कारणबाट निधन भएपछि उपनिर्वाचन हुन लागेको वडामा पाँचथरको फिदिम नगरपालिका-१ र हिलिहाङ गाउँपालिका-७, भोजपुरको पौवादुङमा गाउँपालिका-१, मोरङको धनपालथान गाउँपालिका-२, सुनसरीको धरान उपमहानगरपालिका-७, संखुवासभाको खाँदबारी नगरापालिका-३, खोटाङको साकेला गाउँपालिका-३, सिरहाको कल्याणपुर नगरपालिका-१२, महोत्तरीको बलवा नगरपालिका-२ र ८, सर्लाहीको हरिपुर्वा नगरपालिका-१ र रौतहटको गढिमाई नगरपालिका-२ रहेको छ।

यस्तै बाराको बारागढी गाउँपालिका-१, पर्साको सखुवा प्रसौनी गाउँपालिका-५, रामेछापको उमाकुण्ड गाउँपालिका-५, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-८, काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-२, काठमाडौँको दक्षिणकाली नगरपालिका-३, चितवनको भरतपुर महानगरपालिका-१६ र खैरहनी नगरपालिका-४ र ५ मा पनि उपनिर्वाचन हुन लागेको हो।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिका-५, गुल्मीको रुरु क्षेत्र गाउँपालिका-६, अर्घाखाँचीको मालारानी गाउँपालिका-३, प्यूठानको प्यूठान नगरपालिका-२, रोल्पाको थवाङ गाउँपालिका-१, दाङको घोराही उपमहानगरपालिका-१६, बाँकेको कोहलपुर नगरपालिका-६ मा पनि उपनिर्वाचन हुँदैछ।

यसैगरी बाजुराको त्रिवेणी नगरपालिका-१, अछामको मेल्लेख गाउँपालिका-५, डोटी आदर्श गाउँपालिका-२, बैतडीको पुर्चौडी नगरपालिका-४, सुर्नया गाउँपालिका-१ र दोगडाकेदार गाउँपालिका-४ तथा कपिलवस्तुको शिवराज नगरपालिका-१० का वडाध्यक्षको मृत्यु भएका कारण ती वडामा वडाध्यक्ष पदका लागि उपनिवार्चन हुन लागेको छ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ६ : ०१ बजे

कम्पनी साझेदारका रूपमा रवि लामिछाने पनि सहकारी ठग हुन् : शंकर पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगीमा संलग्न

पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि

काठमाडौं – विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल

एलओडीमा आउँदै अमेरिकन र्‍यापर लिल पम्प

काठमाडौं – अमेरिकन चर्चित र्‍यापर ‘लिल पम्प’ नेपाल आउने भएका

मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानमा व्यवस्था

बालबालिकाका लागि रचनात्मक कार्यमा ध्यान दिन्छौँ चिरीबाबु महर्जन

ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालदिवसलाई लक्षित गरी