आर्सनलका प्रशिक्षक उनाइ एमरी बर्खास्त « Khabarhub

आर्सनलका प्रशिक्षक उनाइ एमरी बर्खास्त


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले प्रशिक्षक उनाइ एमरी बर्खास्त भएका छन् । एमरी १८ महिना आर्सनलको प्रशिक्षकका रुपमा रहेपछि बर्खास्त भएका हुन् ।

स्पेनिस एमरी १८ महिनाअघि फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) बाट आर्सनलमा आएका हुन् । उनले पिएसजीलाई फ्रेन्च लिग वानको उपाधि दिलाएका थिए ।

त्यसअघि सेभिल्लाको प्रशिक्षकमा रुपमा उनले क्लबलाई तीनपटक युरोपा लिगको उपाधि जितेका थिए । आर्सेन वेङ्गरले छोडेपछि एमरी सन् २०१८ को मे मा आर्सनलको प्रशिक्षकमा नियुक्त भएका थिए ।

क्लबको प्रदर्शन तथा नतिजा आश गरिएको भन्दा तलको रहेकाले प्रशिक्षकलाई बर्खास्त गरिएको आर्सनलले जनाएको छ ।

आर्सनलले पछिल्ला सात खेलमा जित निकाल्न सकेको छैन र गएको बिहीबार युरोपा लिग अन्तर्गत फ्र्यांकफर्टसँग भएको खेलमा २–१ ले पराजित भयो । आर्सनल अहिले १३ खेलबाट १८ अंकसहित आठौँ स्थानमा छ ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ८ : ०० बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई