मतदान केन्द्रमै बम विष्फोट हुँदा २० मिनेट मतदान रोकियो « Khabarhub

मतदान केन्द्रमै बम विष्फोट हुँदा २० मिनेट मतदान रोकियो


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- कास्कीका ३ स्थानमा बम विष्फोट भएको छ । अर्मला, बागमारा र नयाँबजारको नवप्रभाव विद्यालयको मतदान केन्द्रमै बम विष्फोट भएको छ ।

केन्द्रमै बम विष्फोट भएपछि मतदान स्थगित गरिएको छ । मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको र विस्फोट भएको स्थानीयले बताएका छन् ।

बम विस्फोट भएपछि उक्त मतदानस्थलको मतदान २० मिनेट रोकिएको थियो । अहिले अवस्था सामान्य भएको र मतदान सञ्चालन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले मतदानस्थल नजिकै बम विस्फोट भए पनि यसमा कसको संलग्नता छ भन्ने नखुलेको जनाएको छ ।

बम बिष्फोट गराउने व्यक्ति तथा समूहको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ८ : ४२ बजे

कांग्रेस देश सम्हाल्ने जिम्मेवार महत्त्वपूर्ण शक्ति हो : गगन थापा 

ललितपुर– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय

निर्धारित मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री अर्याल

गण्डकी– गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा

केपी ओलीले महासचिवमा शंकरलाई नै निरन्तरता दिने, अरू नेता असन्तुष्ट

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली

गाउँ पसेर जङ्गली हात्तीको उपद्रो

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हँडिया क्षेत्रमा जङ्गली हात्तीले गाउँ पसेर

प्रदीपले स्वीकारेनन् शंकरलाई महासचिव, कुनै पदमा उम्मेदवारी नदिने भन्दै गुण्डुबाट बाहिरिए

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहमा गम्भीर विवाद