महोत्तरीको उपनिर्वाचनमा सुरक्षा व्यवस्था कडा « Khabarhub

महोत्तरीको उपनिर्वाचनमा सुरक्षा व्यवस्था कडा


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीमा सञ्चालित उपनिर्वाचनमा बिहान ७ बजेदेखि मतदान जारी छ । उच्च सुरक्षा सतर्कतासहित मतदान जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

मतदान केन्द्रमा आएका सबै मतदाताको उचित निगरानीपछि मात्र मतदानकेन्द्र भित्र पठाएको प्रहरीले जनाएको छ ।

महोत्तरीमा एक गाउँपालिका अध्यक्ष तथा तीन वडा अध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ । पिपरा गाउँपालिकामा गाउँपालिकाको अध्यक्ष र मटिहानी नपा–६ तथा बल्वा नपा–२ र ८ मा वडा अध्यक्ष चयनका लागि उपनिर्वाचन हुँदैछ ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले उपनिर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् ।

उनले थोरै स्थानमा मतदान हुने भएपनि मतदान हुने स्थलहरूलाई संवेदनशील र अति संवेदनशील गरी दुई भागमा छुट्याइएको बताउँदै सुरक्षाको तर्फबाट कुनै कसर बाँकी नरहने बताए ।

उनले तत्कालै सुरक्षाकर्मीको सङ्ख्या निर्धारण भएर नआएको बताउँदै निर्वाचन सुरक्षा योजना अनुसार गत निर्वाचन जस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षा घेरा हुने बताए ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ९ : ०४ बजे

यस्तो छ पूर्वमन्त्री दीपक खड्काको पक्राउ पूर्जी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुल्मी – चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको

यी हुन् पूर्वमन्त्री दीपक खड्का जोडिएका विवाद

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

विभेद अन्त्यका लागि संरचनागत सुधार अनिवार्य छ : रक्षा बम

काठमाडौँ – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राज्यले गर्ने क्षमायाचना

ओलीलाई गैरकानुनी हिरासतमा राखिएको भन्दै राधिका शाक्य सर्वोच्च जाँदै

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली