तस्वीरमा हेर्नुहोस्, कहाँ कसरी हुँदैछ मतदान « Khabarhub

तस्वीरमा हेर्नुहोस्, कहाँ कसरी हुँदैछ मतदान


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपनिर्वाचनअन्तर्गत तीन तहका रिक्त ५२ पदका लागि अहिले मतदान जारी छ । पोखरामा भएको बमविष्फोटले केहिबेर त्रास उत्पन्न गराएपनि अहिले वातावरण सामान्य भएको छ । त्योबाहेक सबै स्थानमा शान्तिपूर्ण रुपमा मतदान जारी छ ।

प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका ४८ स्थानको रिक्तस्थानमा अहिले भोट हाल्नेक्रम जारी छ ।

बिहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने छ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत पारिएको जनाउँदै ढुक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरेको छ । सोही अनुसार मतदाता पनि स्वतस्फूर्त रुपमा मतदान केन्द्रमा पुगेका छन् ।

उपनिर्वाचनको अनुगमनका क्रममा शनिबार बिहान चाँगुनारायण नगरपालिका–२, दुवाकोटमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया ।

प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्य तर्फ ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यो उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४ जनाले मतदान गर्न पाउने मताधिकार छ ।

हेर्नुहोस विभिन्न मतदान केन्द्रमा भएको मतदान

दाङ क्षेत्र नं ३ प्रदेश (ख) मा प्रदेशसभा सदस्य पदको उपनिर्वाचनका लागि मतदान गर्न लाइनमा बसेका मतदाता ।
महोत्तरीमा मतदाताको सुरक्षा जाँच गर्दै प्रहरी
महोत्तरीमा मतदान गर्दै मतदाता ।
चाँगुनारायण नगरपालिका– २, दुवाकोटमा मतदान गर्दै ७७ वर्षीय हरिप्रसाद पोखरेल ।
पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित चण्डी सामुदायिक माध्यमिक विद्यालय मतदान केन्द्रमा गोप्य मतदान गर्दै मतदाता ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ९ : ३४ बजे

यस्तो छ पूर्वमन्त्री दीपक खड्काको पक्राउ पूर्जी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुल्मी – चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको

यी हुन् पूर्वमन्त्री दीपक खड्का जोडिएका विवाद

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

विभेद अन्त्यका लागि संरचनागत सुधार अनिवार्य छ : रक्षा बम

काठमाडौँ – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राज्यले गर्ने क्षमायाचना

ओलीलाई गैरकानुनी हिरासतमा राखिएको भन्दै राधिका शाक्य सर्वोच्च जाँदै

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली