कास्की–२ मा मतदान जारी « Khabarhub

कास्की–२ मा मतदान जारी


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत मतदान जारी छ ।

सो क्षेत्रका ८२ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान शुरु भएपछि अहिलेसम्म शान्तिपूर्ण ढङ्गले मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए ।

आज बिहान अर्मलाको शान्ति मावि मतदान केन्द्र, पोखरा–९ स्थित नवप्रभात मावि मतदान केन्द्र र पोखरा–३३ स्थित सरस्वती टीका माविस्थित मतदान केन्द्र नजिक पटाकाजस्तो आवाज भएको विष्फोटक पदार्थ पड्किएको थियो ।

त्यसबाट मतदानमा कुनै असर नपरेको र मतदाताहरु निर्भीक भएर मतदानमा सहभागी भएको प्रजिअ केसीले बताए। अहिले सो क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  १२ : ०२ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट