चितवनमा ४० प्रतिशत मत खस्यो « Khabarhub

चितवनमा ४० प्रतिशत मत खस्यो


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- स्थानीय तहको उपनिर्वाचनमा चितवनको तीन वडा वडामा जारी मतदानमा अहिले दिउसो १२ बजेसम्म ४० प्रतिशन भन्दा धेरै मत खसेको छ ।

भरतपुर महानगरपालिकाको वडा नं. १६ , खैरहनी नगरपालिकाको वडा नं. ४ र ५ मा भएको निर्वाचनमा ४० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयलका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

विहान ७ बजेदेखि शुरु हुने भनिएपनि ७ : ३० बजेबाट मात्र मतदान शुरु भएको थियो । तीनवटा स्थानमा भएको निर्वाचन अहिलेसम्म शान्ति पूर्वक सञ्चालन भइराखेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।

मतदानामा मतदाताहरुको उत्साहजनक सहभागिता रहेको छ । निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

भरतपुर १६ मा तीन वटा मतदान स्थलमा मतदान जारी छ । जसअन्तरगत मध्यान्ह १२ बजसम्म वडा कार्यालय भवन मोहनपुर केन्द्रमा आठसय मत, दुर्गा शेषकान्त अधिकारी मावि विजयनगरमा एकहजार मत, मावि ढड्डाघारीमा एकहजार एकसय मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस वडामा कुल ८ हजार ४८१ मतदाता छन् ।

यस्तै पूर्वी चतवनको खैरहनी नगरपालिका वडा नं. ४ मा एकहजार माथि र वडा नं.५ मा एघारसय मत खसेको छ । वडा नं. ४ मा दुई हजार ६९२ र वडा नं. ५ मा दुई हजार १११ मतदाता छन् । यस अघि भरतपुर १६ मा तात्कालिन एमाले, खैरहनी नगरपालिका वडा नं. ४ र ५ मा नेपाली कांग्रेस विजयी भएका थिए ।

उपनिर्वाचनलाई केन्द्रीत गरी जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्नको लागि तीन घेरामा सुरक्षा व्यवस्था चुस्त पारिएको छ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले सुरक्षा दिइराखेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।

निर्वाचन हुने स्थानलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी विभाजजन गरेर त्यहाँ आवश्यकता अनुसारको पोशाकमा तथा सादा पोशाकमा प्रहरी खटाइएको उनले बताए ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  १ : ४५ बजे

टी–२० विश्वकप : वेस्ट इन्डिजले इंग्ल्यान्डलाई दियो १९७ रनको लक्ष्य

मुम्बई – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा

अख्तियारले न्याय सम्पादनलाई निष्पक्ष बनाउनुपर्छ : मधेश प्रदेश प्रमुख

जनकपुरधाम – मधेश प्रदेशका प्रमुख डा सुरेन्द्रलाभ कर्णले भष्ट्रारचार नियन्त्रणको

अमेरिकाले कडा माग राखेका कारण आणविक वार्ता सफल नभएको इरानको दाबी

तेहरान – इरानका राष्ट्रपति मसुद पेजेस्कियनले पश्चिमा मुलुक र अमेरिकाले

पशुपतिमा यसरी हुँदैछ शिवरात्रिको तयारी (तस्बिरहरू)

काठमाडौं – यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान्

वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैन : प्रचण्ड

बागलुङ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल