साग : भलिबलमा नेपाललाई इतिहास रच्ने अवसर | Khabarhub Khabarhub

साग : भलिबलमा नेपाललाई इतिहास रच्ने अवसर


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलमा नेपाललाई आज इतिहास रच्ने अवसर प्राप्त भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा आज हुने सेमिफाइनलमा श्रीलङ्कालाई पराजित गर्न सके नेपाल सागमा पहिलो पटक रजत पदकको हकदार बन्ने छ । नेपालले सागमा अहिलेसम्म महिला भलिबलमा कास्य पदक मात्र जित्न सकेको छ । नेपाल समूह ‘ए’को उपविजेता भइ सेमिफाइनल प्रवेश गरेको हो ।

नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट नेपाली महिला टोलीले सेमिफाइनलमा श्रीलङ्कालाई हराउनेमा ढुक्क छन् । उनले जसरी पनि फाइनल पुग्ने योजना बनाएको बताइन् ।

नेपालले यसअघि पनि श्रीलङ्कालाई पराजित गरेकाले महिला टोलीको मनोबल बढेको प्रशिक्षक भट्टले बताउनुभयो । छ वर्षअघि काठमाडौँमा सम्पन्न दक्षिण एशियाली च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको थियो ।

यस्तै समूह ‘बी’को विजेता भएर श्रीलङ्काले नेपालसँगको सेमिफाइनल पक्का गरेको छ । नेपालले समूह चरणको खेलमा बङ्गलादेशलाई ३–० ले हराएको थियो भने भारतसँग ३–० ले पराजित भएको थियो । भारतले बङ्गलदेशलाई पराजित गरेपछि नेपालको सेमिफाइनल यात्रा तय भएको हो । बङ्गलादेश महिला भलिबलको समूह चरणबाटै बाहिरिएको छ ।

आजै महिला भलिबलको अर्को सेमिफाइनलमा समूह ‘ए’को विजेता भारत तथा समूह ‘बी’को उपविजेता माल्दिभ्सबीच खेल हुने छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा शुक्रबार सम्पन्न खेलमा भारतले बङ्गलादेशलाई २५–८, २५–११ र २५–९ तथा श्रीलङ्काले माल्दिभ्सलाई २५–१५, २५–१८ र २५–१४ अङ्कले पराजित गरी सेमिफाइनल प्रवेश गरेका हुन् ।

यसैगरी पुरुष भलिबलमा शुक्रबार भारतले नेपाललाई २५–१५, २५–१३ र २५–१६ ले हराउदै समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुग्यो । पराजयसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । समूह ए बाटै उपविजेता भइ बङ्गलादेशसमेत सेमिफाइनलमा प्रवेश गरेको छ ।

पुरुष भलिबलकै अर्को खेलमा श्रीलङ्काले माल्दिभ्सलाई २५–१८, २५–२३ र २५–१७ अङ्कले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । समूह चरणको दुवै खेलमा हारेपछि माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘बी’ को अन्तिम खेल आज श्रीलङ्का र पाकिस्तानबीच हुने छ । उक्त खेलबाट समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ३ : ५१ बजे

देउवाको स्वास्थ्यमा अझै समस्या, नेताहरू भन्छन् : धेरै कमजोर देखिनु भयो

काठमाडौं- गत भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा निजी निवास

सरकारले निर्वाचनको वातावरण तयार पार्नुपर्छ, कांग्रेस भाग लिन्छ : कृष्ण सिटौला

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले सरकारले निर्वाचनको वातावरण तयार

गृहमन्त्री अर्याल र चिनियाँ राजदूत साँगबीच भेटवार्ता, एक चीन नीतिप्रति जनाए प्रतिबद्धता

काठमाडौं– गृहमन्त्री ओम प्रकाश अर्याल र नेपालका लागि चिनियाँ राजदूत

गृहमन्त्री अर्यालले बुढाको अनशन तोडाए

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारमा सुदूरपश्चिमको प्रतिनिधित्व हुनुपर्ने लगायतका माग

जेन-जीका नाममा भएको हिंसा योजनाबद्ध, संसद् विघटनले संविधन संकटमा (सम्बोधनका मुख्य १५ बुँदा)

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २३ र २४