साग : भलिबलमा नेपाललाई इतिहास रच्ने अवसर « Khabarhub

साग : भलिबलमा नेपाललाई इतिहास रच्ने अवसर


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलमा नेपाललाई आज इतिहास रच्ने अवसर प्राप्त भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा आज हुने सेमिफाइनलमा श्रीलङ्कालाई पराजित गर्न सके नेपाल सागमा पहिलो पटक रजत पदकको हकदार बन्ने छ । नेपालले सागमा अहिलेसम्म महिला भलिबलमा कास्य पदक मात्र जित्न सकेको छ । नेपाल समूह ‘ए’को उपविजेता भइ सेमिफाइनल प्रवेश गरेको हो ।

नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट नेपाली महिला टोलीले सेमिफाइनलमा श्रीलङ्कालाई हराउनेमा ढुक्क छन् । उनले जसरी पनि फाइनल पुग्ने योजना बनाएको बताइन् ।

नेपालले यसअघि पनि श्रीलङ्कालाई पराजित गरेकाले महिला टोलीको मनोबल बढेको प्रशिक्षक भट्टले बताउनुभयो । छ वर्षअघि काठमाडौँमा सम्पन्न दक्षिण एशियाली च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको थियो ।

यस्तै समूह ‘बी’को विजेता भएर श्रीलङ्काले नेपालसँगको सेमिफाइनल पक्का गरेको छ । नेपालले समूह चरणको खेलमा बङ्गलादेशलाई ३–० ले हराएको थियो भने भारतसँग ३–० ले पराजित भएको थियो । भारतले बङ्गलदेशलाई पराजित गरेपछि नेपालको सेमिफाइनल यात्रा तय भएको हो । बङ्गलादेश महिला भलिबलको समूह चरणबाटै बाहिरिएको छ ।

आजै महिला भलिबलको अर्को सेमिफाइनलमा समूह ‘ए’को विजेता भारत तथा समूह ‘बी’को उपविजेता माल्दिभ्सबीच खेल हुने छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा शुक्रबार सम्पन्न खेलमा भारतले बङ्गलादेशलाई २५–८, २५–११ र २५–९ तथा श्रीलङ्काले माल्दिभ्सलाई २५–१५, २५–१८ र २५–१४ अङ्कले पराजित गरी सेमिफाइनल प्रवेश गरेका हुन् ।

यसैगरी पुरुष भलिबलमा शुक्रबार भारतले नेपाललाई २५–१५, २५–१३ र २५–१६ ले हराउदै समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुग्यो । पराजयसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । समूह ए बाटै उपविजेता भइ बङ्गलादेशसमेत सेमिफाइनलमा प्रवेश गरेको छ ।

पुरुष भलिबलकै अर्को खेलमा श्रीलङ्काले माल्दिभ्सलाई २५–१८, २५–२३ र २५–१७ अङ्कले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । समूह चरणको दुवै खेलमा हारेपछि माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘बी’ को अन्तिम खेल आज श्रीलङ्का र पाकिस्तानबीच हुने छ । उक्त खेलबाट समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ३ : ५१ बजे

‘हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्षको योजना बनाउन थालौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौं– लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको