सुखी र खुशी हुनका लागि गीताका यी ५ उपदेश « Khabarhub

सुखी र खुशी हुनका लागि गीताका यी ५ उपदेश


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

महाभारत युद्धको रणभूमिमा भगवान श्रीकृष्णले आफ्नो प्रीय पात्र र श्रेष्ठ धनुर्धर अर्जुनलाई गीताको उपदेश दिएका थिए । भगवान कृष्णलाई कलियुगमा हुनेवाला भ्रष्टाचार, वैमनस्य तथा स्वार्थका बारेमा पहिला नै ज्ञान थियो ।

यसकारण उनले अर्जुनलाई माध्यम बनाएर यो उपदेश समस्त मानव जातिको कल्याणका लागि दिए । धर्मको मार्गमा लागेर पनि मनुष्यले कसरी आफ्नो जीवनको सारा समस्या हटाउन सक्छ उनले यो बताएका छन् ।
यसका लागि ५ उपदेश दिएका छन्–

१. कर्म गर्नेमाथि नै अधिकार

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
मा कर्मफलहेतुर्भुर्मा ते संगोऽस्त्वकर्मणि ॥

भावार्थ– तिम्रो अधिकार कर्म गर्नुमा नै छ । त्यसको फलमा होइन । अतः तिमीले फलको इच्छा बिना नै कर्म गर्नु जरुरी छ ।
जसको अर्थ हुन्छ– जो मानिस भविष्यको चिन्ता गरे बिना वर्तमानमा रहेर मात्र आफ्नो काममा केन्द्रीत हुन आवश्यक छ । यदी वर्तमानमा मेहेनत र लगनशिल भएर काम गरेको खण्डमा भविष्यमा त्यसको सुफल नै प्राप्त हुन्छ ।

२. जसले द्वेष गर्दैन

यो न हृष्यति न द्वेष्टि न शोचति न काङ्क्षति ।
शुभाशुभपरित्यागी भक्तिमान्यः स मे प्रियः

भावार्थ– यस्ता मानिस जो न कहिल्यै अति हर्षित हुन्छन्, न द्वेष गर्छन न शोक गर्छन् । र जो न कामना गर्छन् र शुभ र अशुभ सम्पूर्ण कर्मका त्यगी छन् त्यस्ता भक्तियुक्त मानिस मलाई प्रिय छन् ।
अर्थात– कुनै पनि अति विशिष्ट कार्य हुँदा हामीले अति हर्षित हुने कुराबाट बच्न जरुरी छ । यसो गर्नाले गल्ती हुने आशंका बढ्छ । अरुलाई जलन हुने कुनै काम गर्नु हुँदैन ।

३. कर्म जरुरी

न हि कश्चित्क्षणमपि जातु तिष्ठत्यकर्मकृत् ।
कार्यते ह्यवशः कर्म सर्वः प्रकृतिजैर्गुणैः ॥

भावार्थ– निसन्देह कुनै पनि मुनुष्य कुनै पनि समय बिना कर्म बस्न सक्दैन । किनकी मखुष्य समुदाय प्रकृति जनित गुणद्वारा कर्म गर्नका लागि बाध्य छ ।

जसको अर्थ हरेक मनुष्यका लािग धर्तीमा कुनै न कुनै कार्य मौजुद छ । जुन कार्य गर्नका लागि उ बाध्य पनि छ । प्रत्येक व्यक्तिमा कुनै न कुनै खुबी वा प्रतिभा छ । मात्र जरुरी छ कि आफूभित्र रहेको खुबीलाई पत्ता लगाएरु कार्य गर्नु ।

४. जसले इन्द्रियलाई रोक्छ

कर्मेन्द्रियाणि संयम्य य आस्ते मनसा स्मरन्।
इन्द्रियार्थान्विमूढात्मा मिथ्याचारः स उच्यते॥

भावार्थ– मन्दबुद्धि भएको मनुष्य समस्त इन्द्रियलाई हठपूर्वक रोक्छ । मनबाट ति इन्द्रियका विषयमा चिन्तन गर्छ त्यो मिथ्याचारी अर्थात दम्भी हुन्छ ।

यसको अर्थ हुन्छ यस्तो व्यक्ति जो आफ्नो इन्द्रियमाथि केवल माथिजबाट नियन्त्रण गरेको देखाउँछ र भित्रबाट उसको मन चलायमान हुन्छ यस्तो व्यक्ति झुठा र कपटी मानिन्छन् ।

५. परमात्मलाई सच्चा मनले स्वीकारर्नु

एतां विभूतिं योगं च मम यो वेत्ति तत्त्वतः।
सोऽविकम्पेन योगेन युज्यते नात्र संशयः॥

जो पुरुष मेरो यर परमैश्वर्यरुप विभूतिको र योगशक्तिको तत्वले जान्दछ उ निश्चल भक्तियोगबाट मुक्त हुन्छ । यसमा कुनै सन्देह छैन ।

अर्थात जो व्यक्ति ईश्वर शक्तिलाई सच्चा मनले स्वीकार गर्छ र परमात्मामा पूरै आस्था राख्छन् भगवान उसलाई नराम्रो हुन दिँदैनन् ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ५ : ५९ बजे

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग (तस्बिरहरू)

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ