आइतबारदेखि श्रम स्वीकृतिका लागि इ–टोकन | Khabarhub Khabarhub

आइतबारदेखि श्रम स्वीकृतिका लागि इ–टोकन


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रियालाई पूर्णतयाः अनलाइन प्रणालीमा लैजाने योजनाअन्तर्गत वैदेशिक रोजगार विभागले आइतबारदेखि श्रम स्वीकृतिका लागि अनलाइनबाटै टोकन लिने व्यवस्था गर्दैछ ।

इ–टोकन अर्थात विद्युतीय पालो प्रणालीले श्रम स्वीकृतिका लागि अनलाइन फाराम पेश गर्ने वित्तिकै आवेदनकर्ताले श्रम स्वीकृति पाउने पालो कुन दिन पर्छ भन्ने कुरा थाहा पाउन सकिनेछ । आफूले कुन कार्यालयबाट श्रम स्वीकृति लिने हो त्यो अनलाइनबाटै रोज्न सकिने छ ।

कुन कार्यालयमा छिट्टै पालो आउँछ, त्यो कार्यालयसमेत रोज्न सकिने छ । जसले गर्दा तपाईको फाराम स्वीकृत हुने वित्तिकै कार्यालयमा पर्खिरहनुपर्ने छैन । अहिले सरकारले सातै प्रदेशस्थित श्रम कार्यालयमार्फत श्रम स्वीकृति जारी गर्दै आएको छ ।

प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, प्रदेश नं ३ को काठमाडौँ (ताहचल), गण्डकी प्रदेशको पोखरा, प्रदेश नं ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीबाट श्रम स्वीकृति जारी हुँदै आएको छ ।

त्यसैगरी श्रम स्वीकृतिको फाराम बुझाइसकेपछि कुनै कारणले तपाईको श्रम स्वीकृति अस्वीकृत हुने भएमा वा थप कागजात पेश गर्नुपरेमा पनि मोबाइलमा मेसेज प्राप्त हुनेछ । श्रम स्वीकृति प्राप्त भएको जानकारी पनि मोबाइलमा मेसेजमार्फत आउनेछ । श्रम स्वीकृतिको फाराम भर्दा पेश गरेको इमेलमा श्रम स्टीकर जानेछ ।

विभागले श्रम स्वीकृतिको फारम भर्दा सही मोबाइल नम्बर र इमेल राख्न आग्रह गरेको छ । विभागले वैदेशिक रोजगारीका क्रममा लाग्ने खर्च विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । विद्युतीय भुक्तानीको लागि लामो समयदेखिको प्राविधिक तयारी पश्चात सेवा प्रदायकसँग सम्झौताको चरणमा पुगिएको विभागका महानिर्देशक डा भीष्मराज भुसालले जानकारी दिए ।
विद्युतीय भुक्तानी प्रणाली लागू भइसकेपछि बीमा र कल्याणकारी कोषको पैसा तिर्न बंैकमा जानुपर्ने वा बिचौलियाको सहयोग माग्नुपर्ने अवस्था हुनेछैन कामदार छनोट प्रणालीलाई पारदर्शी र अनुमानयोग्य बनाउन अनलाइन प्रणालीसमेत तयार गरी लागू गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । “सम्बन्धित सरोकारवालालाई अभिमुखीकरण दिएपछि यो प्रणाली लागू हुनेछ”, महानिर्देशक भुसालले भने ।

विभागले गत कात्तिक २६ गतेदेखि अनलाइनमार्फत श्रम स्टिकर जारी गर्र्दै आएको छ । इ–स्टिकर जारी गरिएसँगै राहदानीमा स्टिकर टाँस्नुपर्ने अवस्थाको अन्त्य तथा स्टिकर खरीदमा लाग्ने खर्च जोगिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ६ : १० बजे

विप्लवलाई भेट्न प्रचण्ड पुगे हरिसिद्धि

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

तारकेश्वरमा माइक्रो बस साङ्ला खोलामा खस्यो

काठमाडौं– तारकेश्वर नगरपालिका ७ मा सोमबार बिहान इभी माइक्रो बस

दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

गोरखा– गोरखाका पशुपालक किसानलाई दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

बिग बोस १९ सुरु, नयाँ प्रतियोगी र होस्ट सलमान खान

काठमाडौं – भारतीय रियालिटी शो “बिग बोस १९” प्रिमियर भएको

‘नाडा अटो शो’मा १ लाख ६० हजार बढीले गरे अवलोकन 

काठमाडौं– नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले आयोजना गरेको नाडा अटो