उपनिर्वाचनमा दिनभर– बम विस्फोटदेखि थवाङमा न्यून मतदानसम्म | Khabarhub Khabarhub

उपनिर्वाचनमा दिनभर– बम विस्फोटदेखि थवाङमा न्यून मतदानसम्म


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि उपनिर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा मतदाताले उत्साहजनकरुपमा मतदान गरेका छन् ।

कूल ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा मतदान भएको हो । प्रतिनिधिसभा र प्रदेश सभामा ७० प्रतिशत भन्दा बढी र स्थानीय तहमा ८० प्रतिशत हाराहारीमा मत खसेको निर्वाचन आयोगको प्रारम्भिक अनुमान छ ।

दिन भर के के भयो ?

३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थलमा विहान ७ बजेदेखि साँझ पाँच बजेसम्म मतदान भएको थियो । निर्वाचन आयोगले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताएपनि विभिन्न मतदान स्थल नजिक बम फेला परेका थिए ।
पोखरामा विभिन्न चार स्थानमा बम विस्फोट भएको थियो । पोखरासहित सर्लाही, लमजुङ र डोटीमा बम फेला परेको थियो ।

सर्लाहीको हरिपुर्वा नगरपालिका–१ मा वडाध्यक्षको उपचुनावमा मतदान जारी रहेको बेलामा अमखोराबाट तार निकालेर मोबाइलमा जोडिएको अवस्थामा बम फेला परेको थियो । बम विस्फोट हुनुअगाडि नै रणशेर गणबाट आएको नेपाली सेनाको टोलीले डिस्पोज गराएको थियो ।

त्यस्तै लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडास्थित महेन्द्र मन्दिर मावि मतदान केन्द्र नजीकै बम विस्फोट भएको थियो । मतदान केन्द्रबाट २०० मिटर टाढा जङ्गलमा टाइम बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक वसन्तबहादुर रानामगरले बताए । बम विस्फोट भए पनि कुनै क्षति भएको छैन ।

डोटीका २ छुट्टा छुट्टै स्थानमा बम फेला परेको थियो । बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो । डोटीको आदर्श गाउँपालिका–२, कुचेडा र सोही वडाको कानगडा भन्ने स्थानमा बम भेटिएको हो ।

आदर्श गाउँपालिका वडा नम्बर २ मा रिक्त वडाध्यक्षका लागि भइरहेको मतदानमा मतदान केन्द्र नजिकै राखिएको बम डिस्पोज गरिएको हो ।

निर्वाचनमा दुई जना मन्त्रीले मतदान गरेका छन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले गोरखा माविमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरिन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले उपनिर्वाचनमा पाँचथरको फिदिम नगरपालिका वडा नं १ मा आज बिहान मतदान गरेका छन् । रिक्त रहेको वडाध्यक्ष पदमा फिदिम–१ मा उपनिर्वाचन भएको हो । मन्त्री नेम्वाङले फिदिम मावि मतदानस्थलको ‘घ’ मतदान केन्द्रमा मतदान गरेका हुन् ।

रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्ष चयनका लागि शनिबार भएको मतदानमा न्यून मत खसेको छ ।

यो वडामा कुल मतदाता १२८४ छन् । तर २०९ मत अर्थात १६.२८ प्रतिशत मात्र खसेको छ । ११० पुरुष र ९५ जना महिलाले मात्रै मतदान गरे । विप्लव समूहका उम्मेदवारले स्वतन्त्र उम्मर्वारी दिएपनि पछि फिर्ता गरेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ६ : ३७ बजे

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा