उपनिर्वाचनमा दिनभर– बम विस्फोटदेखि थवाङमा न्यून मतदानसम्म « Khabarhub

उपनिर्वाचनमा दिनभर– बम विस्फोटदेखि थवाङमा न्यून मतदानसम्म


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि उपनिर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा मतदाताले उत्साहजनकरुपमा मतदान गरेका छन् ।

कूल ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा मतदान भएको हो । प्रतिनिधिसभा र प्रदेश सभामा ७० प्रतिशत भन्दा बढी र स्थानीय तहमा ८० प्रतिशत हाराहारीमा मत खसेको निर्वाचन आयोगको प्रारम्भिक अनुमान छ ।

दिन भर के के भयो ?

३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थलमा विहान ७ बजेदेखि साँझ पाँच बजेसम्म मतदान भएको थियो । निर्वाचन आयोगले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताएपनि विभिन्न मतदान स्थल नजिक बम फेला परेका थिए ।
पोखरामा विभिन्न चार स्थानमा बम विस्फोट भएको थियो । पोखरासहित सर्लाही, लमजुङ र डोटीमा बम फेला परेको थियो ।

सर्लाहीको हरिपुर्वा नगरपालिका–१ मा वडाध्यक्षको उपचुनावमा मतदान जारी रहेको बेलामा अमखोराबाट तार निकालेर मोबाइलमा जोडिएको अवस्थामा बम फेला परेको थियो । बम विस्फोट हुनुअगाडि नै रणशेर गणबाट आएको नेपाली सेनाको टोलीले डिस्पोज गराएको थियो ।

त्यस्तै लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडास्थित महेन्द्र मन्दिर मावि मतदान केन्द्र नजीकै बम विस्फोट भएको थियो । मतदान केन्द्रबाट २०० मिटर टाढा जङ्गलमा टाइम बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक वसन्तबहादुर रानामगरले बताए । बम विस्फोट भए पनि कुनै क्षति भएको छैन ।

डोटीका २ छुट्टा छुट्टै स्थानमा बम फेला परेको थियो । बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो । डोटीको आदर्श गाउँपालिका–२, कुचेडा र सोही वडाको कानगडा भन्ने स्थानमा बम भेटिएको हो ।

आदर्श गाउँपालिका वडा नम्बर २ मा रिक्त वडाध्यक्षका लागि भइरहेको मतदानमा मतदान केन्द्र नजिकै राखिएको बम डिस्पोज गरिएको हो ।

निर्वाचनमा दुई जना मन्त्रीले मतदान गरेका छन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले गोरखा माविमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरिन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले उपनिर्वाचनमा पाँचथरको फिदिम नगरपालिका वडा नं १ मा आज बिहान मतदान गरेका छन् । रिक्त रहेको वडाध्यक्ष पदमा फिदिम–१ मा उपनिर्वाचन भएको हो । मन्त्री नेम्वाङले फिदिम मावि मतदानस्थलको ‘घ’ मतदान केन्द्रमा मतदान गरेका हुन् ।

रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्ष चयनका लागि शनिबार भएको मतदानमा न्यून मत खसेको छ ।

यो वडामा कुल मतदाता १२८४ छन् । तर २०९ मत अर्थात १६.२८ प्रतिशत मात्र खसेको छ । ११० पुरुष र ९५ जना महिलाले मात्रै मतदान गरे । विप्लव समूहका उम्मेदवारले स्वतन्त्र उम्मर्वारी दिएपनि पछि फिर्ता गरेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ६ : ३७ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष