प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, आइसीयूभित्रै हिँडडुल « Khabarhub

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, आइसीयूभित्रै हिँडडुल


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ ।

एपेन्डिसाइटिसको अप्रेसन गरेको पाँचौं दिन अपेक्षित गतिमै सुधार आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।

प्रधानमन्त्रीले आज(शनिवार) ठोस खानेकुरा खाएको र आइसीयूभित्रै सामान्य हिँडडुल गरेको थापाले जनाए ।

सघन उपचार कक्षमा भएका कारण प्रधानमन्त्रीको भेटघाटलाई भने नियन्त्रित रहेको थापाले जनाए ।

यसैबीच प्रधानमन्त्री ओलीको आज पुन मिर्गौलाको डायलाइसिस गरिएको अस्पताल श्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीको मंगलबार मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ८ : ४५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस