भक्तपुरमा ७१ दशमलव १७ प्रतिशत मत खस्यो, मत गणना आजै | Khabarhub Khabarhub

भक्तपुरमा ७१ दशमलव १७ प्रतिशत मत खस्यो, मत गणना आजै


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेशसभा सदस्य पदका लागि मतदान भएको छ ।

प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनका लागि २१ हजार ९३५ पुरुष र २३ हजार ८० महिला गरी कूल ४५ हजार १५ मतदाता रहेको छ । तीमध्ये १५ हजार ६६५ पुरुष र १६ हजार ३७२ महिला गरी कूल ३२ हजार ३७ मतदाताले मतदान गरेका छन् । यो कूल खसेको मतमध्ये ७१ दशमलव १७ प्रतिशत रहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

विसं २०७४ मङ्सिर २१ गते भएको निर्वाचनमा ७५ दशमलव १७ प्रतिशत मत खसेकोमा यसपटकको उपनिर्वाचनमा ४ दशमलव ४ प्रतिशत कम मत खसेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख घमचन्द्र तिम्सिनाले जानकारी दिए ।

उपनिर्वाचनमा प्रदेश (क) मा चाँगुनारायण नगरपालिकाको नौ वटा वडा र भक्तपुर नगरपालिकाको वडा नं. १० मा गरी १० वटा वडामा कूल २२ मतदानस्थल र ५४ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको हो ।

प्रमुख जिल्ला अधिकारी भट्टले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म नै शान्तिपूर्ण रुपमा मतदान भएको जानकारी दिनुभयो । नौ दलका नौ उम्मेदवार र १० स्वतन्त्र उम्मदेवार गरी कूल १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए ।

मतदान सम्पन्न भएसँगै मुचुल्का गरी मतपेटिका मतगणनास्थलमा पु¥याइएको छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा आजैबाट मतगणना शुरु हुने प्रजिअ भट्टले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख तिम्सिनाले मतगणनाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । मतगणनास्थलमा मतपत्रको सुरक्षाका लागि तारजाली राखिएको बताउदै उहाँले मतगणनास्थलमा सिसी क्यामरा जडान गरिने र सुरक्षा व्यवस्था सबल पारिएको बताए ।

सर्वदलीय बैठक आह्वान गरेको र ९ बजेसम्म बैठक बसेर आजै रातिबाट मतगणना गर्ने र भोलि साँझसम्ममा अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  १० : १० बजे

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट

ब्राजिलमा ‘हट एअर बेलुन’ दुर्घटना हुँदा आठ जनाको मृत्यु

साओ पाउलो – ब्राजिलको सान्टा क्याटारिना राज्यका गभर्नरले शनिबार दक्षिणी