साग खेलकुद– महिला भलिबल टोलीलाई ऐतिहासिक सफलता « Khabarhub

साग खेलकुद– महिला भलिबल टोलीलाई ऐतिहासिक सफलता



काठमाडौं – दक्षिण एसियाली खेलकुद (साग) को इतिहासमा नेपाली राष्ट्रिय महिला भलिबल टोली पहिलोपटक फाइनलमा पुगेको छ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोस्रो सेमिफाइनल खेलमा श्रीलंकाली महिला टोलीलाई पराजित गर्दै नेपाली भलिबल टोली फाइनलमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको खेलमा नेपाललले श्रीलंकाली टोलीलाई ३-० को सोझो सेटमा पराजित गर्यो।

समूह चरणको दोस्रो खेलमा भारतसँग ३-० को सोझो सेटमा पराजित भएको नेपालले सेमिफाइनलमा श्रीलंकाविरुद्ध उत्कृष्ट कमब्याक गर्यो।

नेपाली टोली पाहुना टोलीमाथि सुरुवात देखि नै दबाब राख्न सफल भएको थियो।

घरेलु टोलीलाई खचाखच भरीएको कभर्डहलका दर्शकले साथ दिइरहेका थिए। नेपाली समर्थकहरु बाजागाजा सहित कभर्डहलमा उपस्थित भएका थिए।

हौसिएको नेपाली टोलीले श्रीलंका विरुद्ध पहिलो सेट २५-१४ अंकले जितेको थियो ।

घरेलु समर्थक सामू श्रीलंकाली टोलीका खेलाडी दोस्रो सेटको सुरुवातमा हतोत्साही देखिएका थिए। तर, पछि केही सुधार गर्दै नेपालसँग २५-१८ अंकमा खेल सुम्पिएका थिए।

लगातार दुई सेट जितेको नेपाली टोलीले अन्तिम तथा निर्णायक सेटमा २५- २१ को सेटमा जित हात पार्दै नेपाली भलिबलमा एेतिहासिक सफलता हात पारेको हो।

नेपाल र श्रीलंका बीचको खेल हेर्न राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेप सदस्य सचिव रमेश कुमार सिलवाल, नेपाल अोलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ लगायतका उच्च पदस्थ व्यक्ति कभर्डहल पुगेका थिए।

सागको कामले थकिद देखिएका सदस्य सचिव सिलवाल नेपमली टोलीले पाएको हरेक अंकमा तालि बजाउँदै मुस्कुराइ रहेका थिए।

फाइन पुगेको नेपाल अब स्वर्णका लागि मंगलबार भारतसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल पुगेको नेपालले भारतलाई पराजित गर्न नसकेपनि रजत पदक पक्का भइसकेको छ।

सागमा यसअघि सन् १९९९, २०१० र २०१६ मा कास्य पदक जितेको थियो।

अघिल्लो महिना बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन भलिबलमा स्वर्ण जितेको नेपाली महिला टोली लगातार दोस्रो सफलताको यात्रामा छ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ९ : ३८ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता