साग खेलकुद– महिला भलिबल टोलीलाई ऐतिहासिक सफलता « Khabarhub

साग खेलकुद– महिला भलिबल टोलीलाई ऐतिहासिक सफलता



काठमाडौं – दक्षिण एसियाली खेलकुद (साग) को इतिहासमा नेपाली राष्ट्रिय महिला भलिबल टोली पहिलोपटक फाइनलमा पुगेको छ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोस्रो सेमिफाइनल खेलमा श्रीलंकाली महिला टोलीलाई पराजित गर्दै नेपाली भलिबल टोली फाइनलमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको खेलमा नेपाललले श्रीलंकाली टोलीलाई ३-० को सोझो सेटमा पराजित गर्यो।

समूह चरणको दोस्रो खेलमा भारतसँग ३-० को सोझो सेटमा पराजित भएको नेपालले सेमिफाइनलमा श्रीलंकाविरुद्ध उत्कृष्ट कमब्याक गर्यो।

नेपाली टोली पाहुना टोलीमाथि सुरुवात देखि नै दबाब राख्न सफल भएको थियो।

घरेलु टोलीलाई खचाखच भरीएको कभर्डहलका दर्शकले साथ दिइरहेका थिए। नेपाली समर्थकहरु बाजागाजा सहित कभर्डहलमा उपस्थित भएका थिए।

हौसिएको नेपाली टोलीले श्रीलंका विरुद्ध पहिलो सेट २५-१४ अंकले जितेको थियो ।

घरेलु समर्थक सामू श्रीलंकाली टोलीका खेलाडी दोस्रो सेटको सुरुवातमा हतोत्साही देखिएका थिए। तर, पछि केही सुधार गर्दै नेपालसँग २५-१८ अंकमा खेल सुम्पिएका थिए।

लगातार दुई सेट जितेको नेपाली टोलीले अन्तिम तथा निर्णायक सेटमा २५- २१ को सेटमा जित हात पार्दै नेपाली भलिबलमा एेतिहासिक सफलता हात पारेको हो।

नेपाल र श्रीलंका बीचको खेल हेर्न राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेप सदस्य सचिव रमेश कुमार सिलवाल, नेपाल अोलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ लगायतका उच्च पदस्थ व्यक्ति कभर्डहल पुगेका थिए।

सागको कामले थकिद देखिएका सदस्य सचिव सिलवाल नेपमली टोलीले पाएको हरेक अंकमा तालि बजाउँदै मुस्कुराइ रहेका थिए।

फाइन पुगेको नेपाल अब स्वर्णका लागि मंगलबार भारतसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल पुगेको नेपालले भारतलाई पराजित गर्न नसकेपनि रजत पदक पक्का भइसकेको छ।

सागमा यसअघि सन् १९९९, २०१० र २०१६ मा कास्य पदक जितेको थियो।

अघिल्लो महिना बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन भलिबलमा स्वर्ण जितेको नेपाली महिला टोली लगातार दोस्रो सफलताको यात्रामा छ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ९ : ३८ बजे

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोरङ– विराटनगर महानगरपालिका-११ जनपथ टोलस्थित सडकमा प्र-१-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल र

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मोरङ– १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका-१ कोलबोटे बस्ने

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट