समाजवादको लक्ष्य पूरा गर्न सबै कम्युनिस्ट एकै कित्तामा उभिनुपर्छ: प्रवक्ता श्रेष्ठ « Khabarhub

समाजवादको लक्ष्य पूरा गर्न सबै कम्युनिस्ट एकै कित्तामा उभिनुपर्छ: प्रवक्ता श्रेष्ठ


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवादको नयाँ वैचारिक क्रान्तिका लागि सबै कम्युनिष्ट पार्टी एकै ठाउँमा उभिनुपर्ने बेला आएको बताएका छन् ।

नेकपा पालुङटार नगरकमिटिले गोरखामा आयोजना गरेको पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रवक्ता श्रेष्ठले नेकपा समाजवादको लक्ष्य पूरा गर्नका लागि अघि बढिसकेकोे भन्दै अव कम्युनिष्ट पार्टी छुट्टाछुट्टै बस्नुको अर्थ नरहने बताए ।

“वैज्ञानिक समाजवाद प्राप्तिका लागि योजनाबद्ध ढङ्गले पार्टी अघि बढिरहेको छ”, उनले भने, “नेकपा भन्दा बाहिर रहेका कम्युनिष्ट शक्ति अव एउटै कित्तामा उभिएर बहस र छलफल गरी नयाँ रणनीतिका साथ अघि बढ्नुको विकल्प छैन ।”

प्रवक्ता श्रेष्ठले सबै कम्युनिष्ट एकै ठाउँमा बसेर अध्ययन, छलफल र बहसको माध्यमबाट नयाँ विचारको विकास गर्न सके मात्र आजको आवश्यकता पूरा हुने बताए ।

“अब फरक ढङ्गले नजाने हो भने नयाँ वैचारिक क्रान्ति र मुक्तिको अभियानलाई सफल बनाउन सक्दैनौ”, उनले भने, “त्यसका लागि नेकपा बाहिर रहेका कम्युनिष्ट एकै ठाउँमा गोलबद्ध हुनु आवश्यक छ ।”

नेकपा गोरखाका अध्यक्ष लेखबहादुर थापाले कम्युनिष्ट पार्टीभित्र अनुशासन महत्वपूर्ण कुरा रहेको भन्दै त्यसलाई सबैले ख्याल गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ६ : ०० बजे

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट