एमसीसी अस्वीकृत गरेर राणा शासनमा फर्कन सकिँदैन – नेतृ गिरी « Khabarhub

एमसीसी अस्वीकृत गरेर राणा शासनमा फर्कन सकिँदैन – नेतृ गिरी


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टी नेपालका नेतृ एवं प्रतिनिधिसभा सदस्य सरिता गिरीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) लाई अस्वीकृत गर्न नमिल्ने बताएकी छिन् ।

नेतृ गिरीले सामाजिक सञ्जाल मार्फत एमसीसीलाई अस्वीकृत गरेर राणाकालिन शासनमा फर्कन खोजेको त होइन भन्दै प्रश्न गरेकी छिन् ।

‘के हामी एमसीसीलाई अस्वीकृत गरेर राणाकालीन शासनको अवस्थामा फर्कन खोजेका हौं ?’ उनले प्रश्न गरेकी छिन् ।

एमसीसीलाई अस्वीकृत गरेर निरंकुशतातार्फ अघि बढ्न नहुने उनको धारणा रहेको छ ।

अमेरिकी सरकारले करीब ६५ अर्ब रुपैयाँ अनुदान विद्युत प्रसारण लाइन र सडक निर्माणको लागि एमसीसीमार्फत अनुदान सहयोग दिने सम्बन्धी सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने प्रावधान रहेको छ ।

पछिल्लो केही साता यता एमसीसी सहयोगका विषयमा बहस चलिरहेको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ९ : १८ बजे

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार