एमसीसी अस्वीकृत गरेर राणा शासनमा फर्कन सकिँदैन – नेतृ गिरी « Khabarhub

एमसीसी अस्वीकृत गरेर राणा शासनमा फर्कन सकिँदैन – नेतृ गिरी


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टी नेपालका नेतृ एवं प्रतिनिधिसभा सदस्य सरिता गिरीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) लाई अस्वीकृत गर्न नमिल्ने बताएकी छिन् ।

नेतृ गिरीले सामाजिक सञ्जाल मार्फत एमसीसीलाई अस्वीकृत गरेर राणाकालिन शासनमा फर्कन खोजेको त होइन भन्दै प्रश्न गरेकी छिन् ।

‘के हामी एमसीसीलाई अस्वीकृत गरेर राणाकालीन शासनको अवस्थामा फर्कन खोजेका हौं ?’ उनले प्रश्न गरेकी छिन् ।

एमसीसीलाई अस्वीकृत गरेर निरंकुशतातार्फ अघि बढ्न नहुने उनको धारणा रहेको छ ।

अमेरिकी सरकारले करीब ६५ अर्ब रुपैयाँ अनुदान विद्युत प्रसारण लाइन र सडक निर्माणको लागि एमसीसीमार्फत अनुदान सहयोग दिने सम्बन्धी सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने प्रावधान रहेको छ ।

पछिल्लो केही साता यता एमसीसी सहयोगका विषयमा बहस चलिरहेको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ९ : १८ बजे

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको

स्टार बनाउने ‘गडफादर’ : कसले कसलाई दिए ब्रेक ?

काठमाडौँ- सामान्यताः अरुले प्रभुत्व जमाइरहेको क्षेत्रमा नयाँ व्यक्तिलाई अवसर मिल्न

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब २३ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज– चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब २३

न्युजिल्याण्डमा ‘साम्बा’को घुँडाको शल्यक्रिया सम्पन्न

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)को घुँडाको

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ : गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको