कैदीको उपचारमा १ लाख खर्च, स्वास्थ्यकर्मी नहुँदा समस्या | Khabarhub Khabarhub

कैदीको उपचारमा १ लाख खर्च, स्वास्थ्यकर्मी नहुँदा समस्या


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– दाङको तुलसीपुर र घोराही कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या हुने गरेको छ । अहिले कारागारमा क्षमताभन्दा तेब्बरसम्म कैदीबन्दी राखिएको तर स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मी नहुँदा समस्या भएको तुलसीपुर कारागारका प्रमुख जोखिम ओलीले बताए । ‘कारागारमा स्वास्थ्यकर्मी हुनुहुन्न,’ उनले भने, ‘कैदीबन्दीको उपचारमा समस्या हुने गरेको छ छ ।’

उनका अनुसार तुलसीपुर कारागारमा गत असोजमा दरबन्दीका स्वास्थ्यकर्मी समायोजन भएर गएपछि उपचारमा समस्या भएको हो । तुलसीपुर कारागारमा वार्षिक उपचार खर्च रु छ लाख आउने गरेको छ । तुलसीपुर कारागारमा ३७६ कैदीबन्दी रहेका छन् ।

घोराही कारागारमा रहेका स्वास्थ्यकर्मी समायोजन भएर गएपछि गएको असोजदेखि स्वास्थ्यकर्मीविहीन भएको जेलर विष्णु पाण्डेले जानकारी दिनुभयो । चिसोका कारण रुघाखोकी, हातखुट्टा दुख्ने, ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्या कैदीबन्दीमा देखिएको उहाँको भनाइ छ । दरबन्दीअनुसार स्वास्थ्यकर्मी कारागारमा नआएको र बिरामीलाई अस्पताल ल्याउँदा लैजाँदा खर्च बढ्नुका साथ असहज भएको कारागार प्रशासनले जनाएको छ ।

चालू आर्थिक वर्षमा आएको १ लाख ८० हजार बजेटमा अहिलेसम्म साढे १ लाख रुपैयाँ उपचार खर्चमा सकिएको जेलर पाण्डेले जानकारी दिए । घोराही कारागारमा अहिले ३१५ कैदीबन्दी रहेका छन् ।

यस्तै दाङको घोराही कारागारका कैदीलाई शिक्षा दिन थालिएको छ । कारागारमा अहिले २० जना कैदीलाई शिक्षा दिन थालिएको जेलर पाण्डेले जानकारी दिए । कारागारलाई सुधारगृहका रूपमा विकास गर्न घोराही कारागारका कैदीबन्दीलाई शिक्षा दिन थालिएको छ । विभिन्न मुद्दामा कारागारको जीवन बिताइरहेका कैदीबन्दीलाई नैतिक र असल चालचलनसँगै सामाजिक शिक्षा दिन थालिएको कारागार प्रशासनले जनाएको छ ।

कारागारभित्रै ती कैदीबन्दीलाई ज्ञानज्योति स्कूल सञ्चालन गरेर शिक्षा दिन थालिएको घोराही कारागारका जेलर पाण्डेले जानकारी दिए । निरक्षर कैदीबन्दीलाई साक्षर बनाउने र सोचमा सुधार ल्याउनका लागि शिक्षा दिन थालिएको उनको भनाइ छ ।

कैदीबन्दीको मागअनुसार अङ्ग्रेजी भाषामा समेत कक्षा सञ्चालन थालिएको छ । कम्तीका कक्षा १२ पास गरेका र राम्रो आचारण भएका कैदीबाटै छनोट गरेर शिक्षा दिन थालिएको हो । पढाउने कैदी शिक्षकलाई पारिश्रमिक नभए पनि मासिक पाँच दिन कैद मिनाहको व्यवस्था रहेको जेलर पाण्डेले जानकारी दिए । कारागारमा करिब २० जना कैदीबन्दीले साँझ बिहान गरी चार घण्टा अध्ययन गरिरहेका छन् ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  १० : ३० बजे

सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य

गण्डकीमा आवधिक योजनाका आधारमा बजेट ल्याइने

गण्डकी – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

गौतमबुद्ध विमानस्थलको जग्गा मन्त्रिपरिषद्ले निर्णय गरेर अधिग्रहण भएको हो : क्यान

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गाको

गभर्नर सिफारिस समितिमा पोषराज पाण्डे नियुक्त

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्यमा पोषराज

सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको